देउखुरीमा वाणिज्य संघको मास्क अभियान ‘सडक प्रयोगकर्ता, सवारीचालक र यात्रुले मास्क नलगाउने गरेको पाइयो’

शिवु खनाल
दाङ,
तपाईको मास्क खोई भन्दा मुसुक्क हास्दै खोजीमा थन्काइएको मास्क निकाल्छन् । सडक प्रयोगकर्ता, सवारीचालक र यात्रुले मास्क मास्क नलगाउने गरेको पाइएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायब निरीक्षक पुराण मल्लले बताउनुभयो । उहाँले मास्क नलगाउनेलाई कोरोनाबाट बच्नका लागि तत्काल मास्क लगाउन सुझाव दिनुभयो । मास्क लगाउन सबैमा अनुरोध गर्ने काम भइरहेको बताउनुभयो । पछिल्लो समय कोरोनाविरुद्धको सचेतना अभियानलाई देउखुरी उद्योग बाणिज्य संघ लमहीले विशेष प्राथमिकतामा राखिएको उहाँको भनाइ छ । वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायब निरीक्षक पुराण मल्लले कोरोनाले आक्रान्त बनाइरहेका बेला अधिकांशले मास्क नलगाइकन खुलेआम हिँडडुल तथा जमघट गर्दा झनै जोखिम बढेको बताउनुभयो ।
देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनालले कोरोना भाइरस अझै निर्मुल नभएको भन्दै त्यसबाट बच्न मास्कको प्रयोग अनिवार्य भएको बताउनुभयो । बाणिज्य संघले लमहीका विभिन्न मुख्य बजार क्षेत्रको चोकबाट सर्वसाधारलाई निशुल्क मास्क वितरण गरेको छ । मास्क नलगाई खुला हिड्ने जो कोहीलाई बोलाएर सम्झाइ बुझाई निशुल्क मास्क वितरण गरिएको बाणिज्य संघका अध्यक्ष खगेश्वर खनालले बताउनुभयो । कोरोना सकियो जस्तो गर्दै आम मानिसहरु बिना मास्क हिडडुल गर्न थालेकोले फेरी संक्रमण फैलन सक्ने भएको हुनाले निशुल्क रुपमा मास्क वितरण गर्दै सचेतनाको लागी यो अभियान संचालन गरेको हो, उहाँले भन्नुभयो,—। ‘सम्पूर्ण उद्योगी ब्यापारी, सेवाग्राही, उपभोक्ता सबैलाई सुरक्षित रहन मास्कको प्रयोग गर्नुपर्छ । व्यापारीहरुलाई पनि सामान बिक्रि गर्दा मास्क अनिवार्य रुपमा प्रयोग गर्नुपर्छ भन्दै आग्रह गरिएको छ ।’
लकडाउन हटेपनि कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकोले नागरीकहरुलाई मास्क लगाउन आग्रह गर्ने उद्देश्यका साथ तपाईको मास्क खै अभियान सुरु गरिएको देखउुरी उद्योग बाणिज्य संघका उपाध्यक्ष केशवराज पोख्रेलले बताउनुभयो । कोरोना संक्रमणको जोखिम भइ रहदा पनि मास्क नलगाई हिड्न थालेपछि सर्वसाधारणलाई मास्क लगाउन प्रेरित गर्ने उद्देश्यले अभियान चलाइएको उहाँले बताउनुभयो । देखउुरी उद्योग बाणिज्य संघ लमहीले निशुल्क मास्क वितरण गरेको थियो भने वडा प्रहरी कार्यालय लमही बजारको विभिन्न क्षेत्रमा मास्क लगाउन आग्रह गर्दै संघको सहयोगमा माईकिङ गर्ने, मास्क नलगाएका व्यक्तिलाई सम्झाउने बुझाउने लगायतका कामहरु पनि गर्दै आएको छ । लकडाउन खुल्लाभयो भनेर धेरै जना मास्क विना नै बजारहरुमा ओहोरदोहोर गर्ने गरेको र जसका कारण संक्रमण फैलन सक्ने जोखिम रहेकाले अब जिल्लामा पनि मास्क नलगाईकन हिँड्न नपाईने दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताउनुभयो ।
सतर्कताका लागि ‘मास्क खोइ ? अभियान चलाएको प्रहरीले मास्क नलगाई खुलेआम हिँडडुल गरे कारबाहीको दायरामा ल्याउने चेतावनी दिएको छ । लमहीका विभिन्न क्षेत्रका सडक र सार्वजनिक स्थलमा सुरक्षाकर्मीले निगरानी बढाएका छन् । निगरानीमा सडक प्रयोगकर्ता, सर्वसाधारण मजदुर, सवारीचालक, सार्वजनिक यातायातका यात्रु, कार्यालयका सेवाग्राही तथा व्यवसायी परेका छन् । अभियानमा वडा प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक पुराण मल्ल, अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीका प्रमुख मधु थापा, देउखुरी उद्योग बाणिज्उ संघ लमहीका सल्लाहकार बिमला घिमिरे, डिल्लीराज खनाल, सदस्य गणेश घिमिरे, नुमाकान्त बोहरा, हरि थापा, भेष राज भट्टराई लगायतको उपस्थिति रहेको थियो ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *