देउखुरीमा बढ्दै वन्यजन्तु वन्यजन्तु करिडोरको पहिचान गरि स्थापना गरियो चेतनामुलक बोर्ड

शिवु खनाल
दाङ, १ साउन
दाङको लमही स्थित कर्री सामुदायिक वनक्षेत्रबाट अर्जुनखोला हुदँै अजम्मरी सामुदायिक वनक्षेत्र वन्यजन्तुको ओहोर–दोहोर गर्ने पुस्तौनी बाटो हो । वन्यजन्तु यहीँ बाटो प्रयोग गर्दै बाँके, बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रसम्म पुग्छन् । लमही नगरपालिका क्षेत्रमा पुरानो र घना बोटविरुवा भएको ठूलो वनजंगल क्षेत्र हो । यहाँ वन्यजन्तुको वासस्थानका लागि सुरक्षित मानिनुका साथै उनीहरूको आहारका लागि प्रसस्त सम्भावना (वन्यजन्तु तथा घाँसपात) पाइन्छ । सोही कारण भएर पनि कर्री सामुदायिक वनक्षेत्रबाट अर्जुनखोला हुदँै अजम्मरी सामुदायिक वनक्षेत्र वन्यजन्तुको ओहोर–दोहोर गर्दछन् र लमहीबाट बाँके बर्दिया निकुञ्ज हुदैँ पुनः लमहीका विभिन्न सामुदायिक वन क्षेत्रमा वन्यजन्तु आउजाउ गर्ने गर्छन् ।

पछिल्लो समयमा डिभिजन वन कार्यालय देउखुरी दाङ लमहीले, लमही नगरपालिका अन्तरगत पर्नेे सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा वन्यजन्तुलाई आवागमन सहज होस् भनेर करिडोरको पहिचान गरि वनक्षेत्रमा बसोबास गर्ने मानिसहरुलाई जनचेतना जगाउनुका साथै वन क्षेत्रभित्र पानीका मुहान संरक्षण तथा तलाउ निर्माण गरिन थालिएको छ ।

बाँके र दाङको सिमाक्षेत्रमा पर्ने अर्जुनखोला देखि लमही नगरपालिका वडा नम्बर ९ शिवखोलासम्म वन्यजन्तुलाई आउजाउ गर्न सहज होस् र वन्यजन्तु संरक्षण सम्बन्धी जनचेतनामुलक होर्डिङ् बोर्डको स्थापना गरिएको डिभिजन वन कार्यालय देउखुरी दाङका प्रमुख बेसिन्द्रराज सुबेदीले बताउनुभयो । ‘वन्यजन्तुको हिँडडुल गर्ने बाटोमै रहेको बस्तीमा स्थानीयलाई सास्ती नहोस् र मानव तथा वन्यजन्तुबीचको द्धन्द्ध कम होस् भनेरै हामीले वन्यजन्तु संरक्षण सम्बन्धी जनचेतनामुलक बोर्डको स्थापना गरेको छौँ, प्रमुख सुबेदीले भन्नुभयो,—। ‘हामी वन्यजन्तुलाई सहजता होस् भनेरै वन्यजन्तु हिँडडुल गर्ने करिडोर पत्तालगाएर बोर्डको स्थापना गरेका हौँ ।’ वन्यजन्तुलाई आवत–जावतमा सहजता होस् भनेरै लमहीका विभिन्न सामुदायिक वनहरुमा पन्ध्रवटा जनचेतनामुलक बोर्डको स्थापना गरिएको छ ।

देउखुरी क्षेत्रका विभिन्न सामुदायिक वन भित्रै पानीको मुहान संरक्षण गर्न ताल निर्माण र जंगलमा बाह्रैमहिना वन्यजन्तुलाई पानी पिउनका लागि स्रोत ठाउँठाउँमा पोखरी निर्माण समेत गरिएको छ । हामी सबै सामुदायिक वनहरूले वन्यजन्तुको संरक्षणका लागि हरेक क्षेत्रबाट प्रयास गरिरहेको अजम्मरी सामुलायिक वनका अध्यक्ष पवन रिजालले बताउनुभयो । यता स्थानीय अमर कँवर नवीनले डिभिजन वन कार्यालय देउखुरी दाङ लमहीले वन्यजन्तु संरक्षणका लागि गरिएको प्रयास सह्रानिय भएको बताउनुभयो ।

लमहीको अर्जुनखोला देखि बाँके र दाङको सिमाक्षेत्र शिवखोलासम्मका सामुदायिक वनक्षत्रेमा विभिन्न वन्यजन्तुको तस्विर सहितको पन्ध्रवटा जनचेतनामुलक होर्डिङ बोर्ड स्थापना गरिएको छ । वन्यजन्तु संरक्षण गरौँ, वन्यजन्तु हामी सबैको साझा सम्पत्ती हो, वन्यजन्तु संरक्षण गर्नु हामी सबैको दायित्व हो लगायतका सन्देश बोर्डमा उल्लेख गरिएको छ । यता वन्यजन्तु अनुसन्धाकर्मी चिञ्जिबि खनालले जनचेतनामुलक बोडले सडक दुर्घटना न्यूनीकरण गर्नुका साथै सवारी साधनको प्रयोगबाट हुने ओखेटो पहार ओसार पसार नियन्त्रण गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले समुदायस्तरमा वन्यजन्तु संरक्षण सम्बन्धी प्रचारप्रसार र चोरि सिकारी नियन्त्रणको आवश्यकता रहेको टिप्पणी गर्नुभयो ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *