हाँस्य कलाकार पल्पसा डंगोलको दुबै किड्नी फेल

काठमाडौं, साउन ३। हाँस्य कलाकार पल्पसा डंगोलको दुबै किड्नी फेल भएपछि उहाँको विगत एक महिनादेखि काठमाडौंको टिचिङ अस्पतालमा उपचार भैरहेको छ । पल्पसा विगत ५ बर्षदेखि किड्नीको उपचार गराइरहनुभएको छ। तर, उहाँले यसको जानकारी भने कसैलाई पनि दिनुभएको थिएन । एक महिना अगाडि निकै गाह्रो भएपछि उहाँ उपचारका लागि टिचिङमा भर्ना हुनुभएको छ।

किड्नीको डायलसिस गर्ने क्रममा रगत नआएपछि उहाँ आत्तिएको वुझिएको छ । यसपछि, भने उहाँ अस्वस्थ रहेको खबर सार्वजनिक भएको हो ।उहाँको तत्काल किड्नी ट्रान्सप्लान्ट गर्नुपर्ने अवस्था रहेको कलाकार तथा निर्देशक दीपाश्री निरौलाले जानकारी दिनुभयो। दीपाले भन्नुभयो–‘केही दिन अगाडि डायलसिस गर्ने क्रममा ब्लड नआएपछि पल्पसाजी आत्तिनु भएछ । यसपछि म भेट्न पुगेकी हुँ ।’

वुझिएअनुसार, उहाँको किन्डी ट्रान्सप्लान्टका लागि ५० लाख भन्दा बढी रकम लाग्नेछ । कलाकारहरुले उहाँको उपचारका लागि आर्थिक श्रोत समेत जुटाउन थालिसकेका छन् । हाँस्य सिरियल ‘मेरी बास्सै’मा अभिनय गरेपछि पल्पसालाई दर्शकले ‘चम्सुरी’ नामले चिन्दै आएका छन् । उहाँले ‘दृष्टी’ नामक सिरियलको पनि निर्माण गर्नुभएको थियो । अनलाइनखबरबाट ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *