बाँके प्रहरीले चोरी कसुरमा फरार रहेका एक जनालाई पक्राउ

बाके, साउन ५। बाँके प्रहरीले चोरी कसुरमा फरार रहेका एक जनालाई पक्राउ गर्नुका साथै अवैध कपडा नियन्त्रणमा लिएको छ। चोरी कसुरमा पक्राउ पर्नेमा बाँकेकै जानकी गाउँपालिका वडा नम्बर ५ का २२ वर्षिय हसन भन्ने हासिम खाँ रहेका छन् । उनलाई जिल्ला अदालत बाँकेले २०७७ चैत२५ गते चोरी गरेको कसुरमा ५ महिना ७ दिन कैद तोकेको थियो ।

त्यसपछि फरार रहेका खाँलाई आज जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको बाँकेका प्रहरी प्रवक्ता तथा प्रहरी नयाव उपरीक्षक मधुसुधन न्यौपानेले जानकारी दिनुभयो । उनलाई अदालतमा बुझाउने तयारी भइरहेको छ।

त्यस्तै बाँके प्रहरीले नै हिजो भन्सार छली गरी ल्याएको अवैध कपडा पनि नियन्त्रणमा लिएको छ। बिहान करिब १० बजे नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० स्थित बेवारिसे अवस्थामा रहेको करिब एक लाख दुई हजार सात सय रुपैयाँ बराबरको लेडिज सुट, तन्ना, लेडिज सल कपडा प्रहरीले नियन्त्रणमा लिएको हो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *