जलुकेको नौमुरे जलविद्युत् परियोजना बेवारिसे, तिन दशकदेखि राजनिती नारामा सिमित

 

दाङ, ७ साउन । लुम्बिनी प्रदेशका पाँच जिल्लालाई प्रत्यक्ष फाईदा पुग्ने अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ७ ( साविक जलुके–२) मा पर्ने नौमुरे बहुउद्देश्यीय जलविद्युत् परियोजना सँधै चुनावी घोंषणापत्र र राजनितिक नारामा मात्र प्राथमिकतामा रह्यो ।

लामो समय खर्चेर विसं. २०४३ सालमा सर्भे भएको नेपालकै नमुना नौमुरे जलविद्युत परियोजना हालसम्म पनि सञ्चालनमा आउन नसक्दा परियोजना बेवारिसे बनेको छ । विभिन्न सरकारले नौमुरे बहुउद्देश्यीय आयोजनाको चर्चा र तयारी गरेको लामै समय भएपनि निर्माण प्रक्रियामा चाँसो नदिंदा आयोजनाले गति लिन सकेको छैन ।

तत्कालीन पञ्चायत सरकारले सस्तो लगानीमा आयोजना निर्माण गर्ने भन्दै विसं. २०४३ सालमै भैगोलिक परीक्षण, पानीको बहाव परीक्षण तथा सर्वेक्षण समेत गरेको थियो । २०४६ सालमा बहुदल आएपछी पटक–पटक चर्चा भएपनी आयोजनाको कामले गती लिएन ।

अर्घाखाँची र प्युठानको सिमानामा पर्ने मादी र झिमरुक नदीको संगम नौमुरे क्षेत्रमा सो आयोजना अगाडि बढाउने चर्चा चलेको लामो समय भएपनि काम अघि बढ्न सकेको छैन । तीन दशकअघि जलविद्युत निकाल्ने योजनासहित अध्ययन गरिएको नौमुरे परियोजना कागजमै सिमित छ ।

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर–७, ८ र प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर–३ को सिमानामा पर्ने यस आयोजनाको तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल पहिलोपटक भारत भ्रमण जाँदा भारतले सो आयोजनालाई उपहारका रूपमा निर्माण गरिदिने वचन दिएको थियो ।

२०७१ साउनमा सरकारले सो आयोजना आफैं बनाउने घोषणा गर्दै पानी भारतलाई दिन नसक्ने बताएको थियो ।

भारतलाई नदिएर आफै सम्पन्न गर्ने निर्णय गरेको सरकारले नीति तथा कार्यक्रमै एक प्रदेश एक जलाशययुक्त जलविद्युत् आयोजना अन्तर्गत नौमुरेलाई घोषणा गरिएपनि अझैसम्म कार्यालय स्थापना बाहेकको काम अघि बढेको छैन ।

‘संघियता आउनु अँघीदेखी आयोजनाको काम अँघी बढ्छ भन्ने सुन्दै आएको छु, शितगंगा–७ का घनश्याम अधिकारीले भने,‘कार्यालय स्थापनासम्म भएको छ, डिपिआर पनी हुँदैछ भन्ने सुनेको छु ।’ आयोजनाका नाममा धेरैपटक छलकपट भईसकेकाले आयोजनाको काम अँघी बढ्छ भन्ने कुरामा विश्वस्त नभएको उहाको भनाई रहेको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *