दृष्टी विहिनहरुलाई आर्थिक सहयोग

तुलसीपुर,७ साउन ।
दृष्टि विहिन दुई घरपरिवारलाई आर्थिक सहयोग गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं। ४ रक्षाचौर निवासी रुपा गन्धर्व र तुलसीपुर–३ खमारी बस्ने दृष्टि विहिन चन्द्रबहादुर वलीको परिवारलाई रु ५८ हजार ५ सय ८० रुपैयाँ आर्थिक सहयोग गरिएको हो । एनएवीपीका आयोजना प्रवन्धक हरि शरण विष्टको विशेष पहलमा दृष्टिविहिन परिवारको घर निमाणार्थ पोर्चुगल निवासी रोजी वलान्डीबाट प्राप्त आर्थिक रकम एक कार्यक्रमका विच दृष्टि विहिन परिवारलाई लाई घरमै पुगेर वितरण गरिएको हो । तुलसीपुर–३ निवासी दृष्टि विहिन परिवार चन्द्रबहादुर वलीलाई रु ४० हजार तुलसीपुर उपमहानगरपालिका वडा नं। ३ का वडासदस्य गोविन्द अधिकारीसहितको रोहवरमा र रुपा गन्धर्वको परिवारलाई रु १८ हजार ५ सय ८० रुपैयाँ नगद वडा नंं ४ का वडा सदस्य जयबहादुर गिरी, पत्रकार बालाराम खड्का राप्ती आँखा अस्पतालका लेखा सहायक हुमबहादुर चौधरी , कार्यालय सहायक पूर्णबहादुर वलीको रोहवरमा राप्ती आँखा अस्पताल तुलसीपुरका वाह्य कार्यक्रम संयोजक शालिकराम गौतमले हस्तान्तरण गरेका हुन । रकम हस्तान्तरण गर्दै गौतमले दृष्टिविहिन परिवारलाई घर निमाणार्थ सो सहयोग आएको र आगामी दिनमा पनि अन्य सहयोग प्राप्त हुने जानकारी पाएको बताए । सो अवसरमा दृष्टि विहिन रुपा गन्धर्वले जग्गा लिनका लागि रकम अभाव भएको बताएकी थिइन् । त्यस्तै चन्द्रबहादुर वली र रुपा गन्धर्वले सहयोगको लागि पहल गर्ने र सहयोग पठाइदिने सवैलाई धन्यवाद दिएका थिए । छोरा छोरीहरु सवै दृष्टि विहिन रुपा गन्धर्वका परिवार हाल भाडाको घरमा रक्षाचौरमा बस्दै आएका छन् भने चन्द्रबहादुर वली तुलसीपुर –३ खमारी स्थीत जंगलको विचमा ऐलानीमा घरबनाएर बस्दै आएका छन् ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *