प्रधानमन्त्री देउवाद्वारा ओलम्पिक खेलाडीलाई शुभकामना

काठमाडौँ, साउन १० गते । प्रधानमन्त्री शेरबहादुर देउवाले जापानको राजधानी टोकियोमा भइरहेको ३२औंँ ओलम्पिकमा सहभागी नेपाली खेलाडीलाई विजयीको शुभकामना दिनुभएको छ ।
उहाँले सामाजिक सञ्जालबाट ओलम्पिकमा सहभागी खेलाडीलाई आफ्नो व्यक्तिगत तथा सिङ्गो देशको तर्फबाट शुभेक्षा एवं शुभकामना व्यक्त गर्नुभएको हो । कोरोना महामारीका बीच सुरु भएको उक्त ओलम्पिकमा नेपालबाट गौरिका सिंह, एलेक्जान्डर शाह, कल्पना परियार, सरस्वती चौधरी र सोनिया भट्ट सहभागी हुनुहुन्छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *