दाङमा सवारी दुर्घटनामा एकजनाकाे मृत्यु

शिवु खनाल
दाङ, १० साउन
दाङको देउखुरीमा मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा पूरा ठेगाना नखुलेका दाङ निवासी अन्दाजी २८/२९ वर्षका युबराज राना रहेका छन ।

पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको लु १५ प ६३२१ नम्बरको मोटरसाइकल चालक रानाको लमही नगरपालिका वडा नम्बर ४ अर्नवा मोडमा दुर्घटना हुँदा रानाको घटनास्थलमै ज्यान गएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

दुर्घटना कति बजे भयो भन्ने एकिन छैन । दुर्घटना स्थल नजिकै हार्डवयर पसलमा मान्छे आएपछी पसल नजिकैको झाडीमा मोटरसाइकल र मानिसको शब देखेर प्रहरीलाई खबर गरेका थिए । मृतक रानाको शबलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ र उनको ठेगाना पत्ता लगाउने काम भैरहेको प्रहरीले जनाएको छ ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *