विषम परिस्थितिमा सहयोग पुर्‍याएकाे भन्दै बाणिज्य संघ लमही सम्मानित

शिवु खनाल
दाङ, ११ साउन
राेटरी क्लव अफ लमहीकाे दाेस्राे पद हस्तान्तरण कार्यक्रममा काेराेना भाइरस (काेभिड १९) काे विषम परिस्थितिमा देउखुरी उद्योग बाणिज्य संघ लमहीले गरेको सहयोगकाे उच्च मुल्यांकन गर्दै संघलाई सम्मान गरिएको छ ।

राेटरी क्लव अफ सेन्ट्रल बुटवल तथा राेटरी क्लव अफ लमही दाङको सहयोग र गाैतम बुद्ध सामुदायिक स्वास्थ्य संस्था बुटवलद्वारा सञ्चालित लमही सामुदायिक डायलाइसिस सेन्टरलाई काेभिड १९ काे विषम परिस्थितिमा देउखुरी उद्योग बाणिज्य संघ लमहीले गरेको सहयोगकाे उच्च मुल्यांकन गर्दै संस्थाकाे दाेस्राे पद हस्तान्तरण कार्यक्रममा सम्मान गरिएको हाे ।

कार्यक्रममा राेटरी क्लव अफ लमहीका संस्थापक अध्यक्ष रविलाल आचार्यले देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष खगेश्वर खनाल र उपाध्यक्ष केशवराज पाेख्रेललाई सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियोे ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *