टोकियोमा सुरु भएको ३२औं गृष्मकालीन ओलम्पिकमा नेपाली झण्डा बोक्न पाउने दंगाली एलेक्स

जापानको टोकियोमा सुरु भएको ३२औं गृष्मकालीन ओलम्पिकमा नेपाली झण्डा बोक्न पाउने एलेक्सजेण्डर शाह (एलेक्स) दंगाली हुन भन्दा सायदै धेरैलाई थाहा नहुन सक्छ ।

तर यो सत्य हो । उनी दाङ्गका प्रतिष्ठित व्यवसायि घरानाका साथै पुराना राजनीतिज्ञ रणबहादुर शाहका नाती तथा सञ्जय शाहका छोरा हुन ।

शुक्रबार सुरु भएको सो ओलम्पिकको औपचारिक उद्घाटनको मार्चपासमा नेपालको राष्ट्रिय झण्डा पौडीका खेलाडीद्वय गौरिका सिंह र एलेक्स शाहले बोकेका थिए । यस पटक ओलम्पिकमा नेपालबाट चार खेलका ५ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

लिंकन स्कूल, काठमाडौंबाट हाईस्कूल पुरा गरेका १८ वर्षिय एलेक्सले फोर्डहम विश्वविद्यालयमा एनसीएएमा पौडीे प्रभाग–१, एनवाईसी मा अध्ययनरत रहेका छन । उनी पौंडी फ्रीस्टाइलमा स्प्रिन्टर, ५० र १०० मिटर मुख्य ईभेन्टका सहभागि हुन ।

उनले ५०, १००, र २०० मिटर फ्रीस्टाइल, साथ साथै ५० र १०० मिटर ब्याकस्ट्रोकमा राष्ट्रिय रेकर्ड होल्ड गरि सकेका छन । भने टोकियो ओलम्पिकमा उनी १०० मिटर फ्रीस्टाइल पौडने छन ।

उनले १३ वर्षको उमेरमा नेपालको लागि पहिलो अन्तर्राष्ट्रिय ईभेन्ट सन २०१७ मा जुनियर वर्ल्ड चैम्पियनशिपमा सहभागि भई, राष्ट्रिय रेकर्ड तोडेका थिए ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *