अवैध काठ सहित टेक्टर र दुईजना पक्राउ

शिवु खनाल
देउखुरी, १२ साउन
दाङको देउखुरी राजपुरघाटबाट अवैध काठ सहित प्रहरीले टेक्टर र दुई जनालाई पक्राउ गरेको छ । लमही नगरपालिका वडा नम्बर ३ मजगाँउ बस्ने वर्ष २५ का ज्ञानबहादुर चौधरी र वडा नम्बर २ फल्कापुर बस्ने वर्ष २१ का किसन चौधरीलाई अवैध ईपिलिपी जातको १८ थान गोलिया ओसारपसार गर्दै गर्दा वडा प्रहरी कार्यालय लमहीको मातहतमा रहेको अस्थाई प्रहरी पोष्ट नर्तीले नियन्त्रणमा लिएको थियो ।
साउन ११ गते अंन्दाजी ४ बजेको समयमा लमही नगरपालीका वडा नं. २ राजपुरघाट स्थित रा. १ त. ४०७३ नं. को ट्याक्टरमा अवैध रुपमा काठ ओसारपसार गरी रहेको अवस्थामा टेक्टर र दुई जनालाई नियन्त्रमा लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *