राप्ती स्वास्थ्य प्रतिष्ठानकि बरिस्ठ स्टाफ नर्श फुलमाया बिकेलाइ अवार्डद्वारा सम्मानित

दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कार्यरत बरिष्ठ स्टाफ नर्स फुलमाया बिकलाइ बारबरा फाउण्डेसनले कोभीड १९ मा फ्रन्टलाइनमा रहेर उत्कृष्ट काम गरेको भन्दै बिशेष अवार्ड दिएर सम्मान गरेको छ । सो सस्थाले उहाँलाई बारबरा फाउण्डेसन कोभीड १९ डिस्टिनग्युस्ड अवार्डले सम्मान गरेको हो । कोभिड १९ मा फ्रन्टलाइनमा रहेर काम अहोरात्र खटिइ कोभीड १९ बिरामिको सेवा गर्नु भएको भन्दै सस्थाले सम्मान गरेको र यो सम्मानले उहाँको ब्यक्तिगतसंगै राप्ती स्वास्थ्य प्रतिष्ठानलाई सस्थागतरुपमा गरिमा उचो बनाएको प्रतिष्ठानकि अस्पताल निर्देशक डा. प्रज्ञा बस्नेतले बताउनु भयो । बरिष्ठ स्टाफ नर्स फुलमाया बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट यहा आइ बिगत ४ महिनादेखि यस राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कार्यरत रहनु भएको छ । दक्ष जनशक्तिकोरुपमा उहा आएपछि यस राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीले आफ्नो अस्पताल सेवा बिस्तारकोक्रममा आइसियु सन्चालनमा ल्याउन सफल भएको हो । कोभीड १९ मा अहोरात्र खटिइ बिरामीको उपचारमा सलग्न रहि काम गरे बाफत उहा सम्मानित हुनु भएको जानकारी गराउदै अस्पताल निर्देशक बस्नेतले सम्मानित हुनु भएका फुलमायाको उत्कृष्ट कामले यस सस्थाकोसमेत सम्मानित हुन सफल भएकोमा बधाइ तथा शुभकामना दिदै प्रसंसा ब्यक्त गर्नु भएको छ ।
काेराेना संक्रमणमा स्वास्थ्य उपचार सेवा प्रभाबकारी बनाउदै प्रतिष्ठानले लगेको छ । काेराेना संक्रमणकाे दाेश्राे भेरियन्टमा भने आफ्नाे सेवाहरू प्रभावकारी बनाउँदै लगेको प्रतिष्ठानले तेस्रो लहरको जोखिमलाई ध्यान दिदै तयारी थालीसकेको छ ।

यसका लागि प्रतिष्ठानमा एडभान्स ओटी, एचडियू, आइसियू सेटअपका लागि बिपि स्वास्थ्य प्रतिष्ठानबाट सिनियर स्टाफ नर्स ल्याइएको हो । राप्ती प्रतिष्ठानले धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट दुई जना सिनियर स्टाफ नर्स ल्याएर सेवा प्रभाबकारी बनाएको हो।

प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगीता भण्डारीले प्रतिष्ठानको स्वास्थ्य सेवा प्रभावकारी बनाउन र कोरोनाका बिरामीहरुको प्रभावकारी उपचार र सहज व्यवस्थापन मिलाउन वीपी प्रतिष्ठानबाट अनुभवी दक्ष जनशक्ति अनुभबि स्टाफ नर्श फुलमाया र रेजिना लिम्बुलाइ ल्याउनु भएको हो ।

राप्ती प्रतिष्ठानमा काजमा आएका उल्लेखित स्टाफ नर्सहरुसँग वीपी प्रतिष्ठानको कोभिड–१९ अस्पताल व्यवस्थापन र उपचार सेवामा काम गरेको अनुभव छ । उहाहरुले राप्ती प्रतिष्ठानका स्टाफहरुलाई ओटी, एचडियू, आइसियू सेटअपमा तालिम दिने कार्यपनि जारी राख्नु भएको छ।

उहाहरु गत बैशाख १२ गते नै राप्ती आउनु भएको हो ।उहाहरुले प्रतिष्ठानको मेडिकल वार्ड, पोष्टअप वार्ड, ओटि वार्ड, आइशोलेसन वार्ड र इमरजेन्सी वार्ड लाई व्यवस्थापन गरी विरामीको उपचार गर्नमा महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको प्रतिष्ठानको भनाई छ । उहाहरूले वीपी प्रतिष्ठानमा हासिल गरेकाे सिप, ज्ञान र क्षमतालाइ राप्तीमा उपयाेग गरिरहनु भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पछिल्लो समय कोभिड–१९ का विरामीको स्वास्थ्योपचारमा प्रभावकारी भूमिका निर्वाह गर्दै आइरहेको छ । गत वर्षको कोभिड–१९ मा जनशक्ति, स्वास्थ्य सामग्री तथा आवश्यक उपकरण व्यवस्थापनसहित प्रतिष्ठान यो पटकको महामारीमा स्तरीय सेवा प्रदान गर्न सफल भएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *