व्यक्तिको प्लटिङको जग्गामा जान पक्कि कल्भर्ट निर्माण गरेपछि…

देउखुरी, १५ साउन । लमही नगरपालिका वडा नम्बर १ मा व्यक्तिको प्लटिङमा जानका लागि पक्कि कल्भर्ट बनेको छ । तर, त्यहि वडाका शितलापुर, बसन्तपुर तिर पहाडी भेगका स्थानीय सफा स्वस्च्छ खानेपानीको पहुँच बाट टाढा छन् ।
लमही नगरपालिका वडा नम्बर १ को वडा कार्यालयले आर्थिक वर्ष ७६÷७७ मा बिनियोजन गरेको ९ लाख रुपैयाँ खर्चेर पाँच गाउँले कुलोमा ब्यक्तिको प्लटिङमा जाने पक्की कल्भर्ट निर्माण गरेको हो । कल्भर्ट निर्माण गरेको स्थानलाई पाँच गाउँले कुलो भनिन्छ । उक्त कुलाको पानीले किसानले खेतबारीमा सिंचाई गर्ने गर्छन । कुलो देखि पल्लो तर्फ कुनै बस्ति छैन र निकास पनि छैन । कल्भर्ट सिधा व्यक्तिको प्लटिङमा जग्गालाई छोएर निर्माण गरिएको छ । यहि बितेको आर्थिक वर्षमा निर्माण सम्पन्न भएको कल्भर्टको उत्तर तर्फको पंखा भत्की सकेको छ ।
वडाको ९ लाख रुपैयाँ बजेटबाट निर्मित उक्त पक्की कल्भर्ट ब्यक्तिगत स्वार्थ प्रयोजनका लागि बनाईएको देखिन्छ । कल्भर्ट निर्माण गरेको दक्षिण तर्फ स्थानीय सुधिर चौधरीले बिक्रि गरेको जग्गामा जग्गा व्यवसायीहरुले प्लटिङ गरेका छन । पाँच गाउँले कुलाको दक्षिणमा खगेश्वर खनालको खनाल पोल्टूी फर्म छ । उत्तरमा अन्य स्थानीयका खेतियोग्य जमिन छ । कुलोमा कल्भर्ट निर्माण त भयो तर फाइदा भन्दा नोक्सानी बढी भयो । कुलामा आएको बाढीले फर्ममा हाल सम्म पुर्याएको क्षति र अब हुने क्षतिको जिम्मेवारी वडा कार्यालय र लमही नगरपालिकाले लिनु पर्ने कुखुरा ब्यवासारी खनालले बताउनुभयो । कुलोमा कल्भर्ट निर्माण हुँदा कुलाको पानीलाई डाइभर्ट गरि प्लटिङ गरेको जग्गा हुँदै खनाल पोल्टूी फर्मको नजिकै बाट तर्काईएको छ । जस्ले गर्दा कुलामा आएको बाढी कुखुरा फर्ममा पस्यो र फर्मलाई ठूलो क्षति पुर्यायो । फर्म संचालक खनालको कुखुरा फर्ममा कुलाको पानी अनियंत्रित भै पस्दा कुखुरा मर्नुका साथै खोरमा क्षति समेत पुगेको छ ।
कुलामा आउने बाढीको तिब्र बेगले खनाल पोल्टूी फर्मलाई छुन करिब तिन चार हात बाँकी छ। कुलाको पानीलाई निकास गर्न जेसीबी लगाएर खनेको स्थानमा पुनः माटो फिलिंग नगरेको हुँदा पोल्टूी फर्मनै जोखिममा परेको छ। तर व्यक्तिको प्लटिङ गरेको ठाउँमा भने माटो फिलिंग भैसकेको छ । खनालले खोरमा क्षति पुगेपछि न्यायका लागि लमही नगरपालिकासङ्ग हारगुहार मागे । न्यायिक समितिमा छलफल भयो, वडा नम्बर १ का वडाध्यक्ष नुमराज पौडेलले भोलि बाटै काम शुरु गर्छु भने तर हाल सम्म काम भएको छैन। असार महिनामा उक्त पाँच गाउँले कुलोमा बाढी आएर खनालको तारजाली र पोल बगाई दिएको छ । धान खेत पुरिदिएको छ । लमही नगरपालिकाबाट कल्भर्ट भनेको स्थानमा पटक पटक अनुगमन हुने काम भए पनि अनुगमनमै सिमित बनेको छ । लमही नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक देबका बेल्बासेले बजेटअभाव भएकोले काम गर्न नसकेको प्रतिक्रिया दिईन् ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *