लुम्बिनी प्रदेशकी सांसद विमला वली फेरि एमालेमा

काठमाडौं, साउन १६ । नेकपाबाट निर्वाचित भएर केही समय माओवादी गतिबिधिमा सहभागी हुनुभएकी लुम्बिनी प्रदेशकी सांसद विमला वली पुनः एमालेमा फर्किनुभएको छ । उहाँ पछिल्लो सातादेखि माओवादीको सम्पर्कबाट बाहिर हुनुहुन्छ ।

सोही कारण माओवादीले वली हराएको भन्दै एकोहोरो प्रचार गरिरहेको छ । वलीले पत्रकार सम्मेलन नै गरेर आफूले माओवादी रोजेको बताउनुभएको थियो । यद्यपी उहाँ त्यसअघि एमालेको बैठकमा सहभागी भएकाले माओवादी बन्न नसक्ने तर्कहरू पनि प्रस्तुत भएका थिए । लुम्बिनीका एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले सांसद वली आफ्नै पार्टीको भएकाले आफूहरुसँगै रहेको र कतै नगएको बताउनुभएको छ । माओवादीले हराएको भनेर खोजिरहेकी सांसद वली दाङमै रहेको प्रहरीले जनाएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *