दाङमा बाघको आक्रमणबाट ९ वटा बाख्रा मरे

शिवु खनाल
दाङ, १६ साउन
दाङको देउखुरीमा बाघको आक्रमण बाट ९ वटा बाख्रा मरेका छन् । लमही नगरपालिका वडा नम्बर ८ निम्बुखुट्टी निवासी राम प्रसाद चौधरीको खोरमा रातको समयमा जंगली बाघ प्रवेश गरि ९ वटा बाख्रा मरि दिएको स्थानीय यादव नाथ योगीले जानकारी दिनुभयाे ।

खोर कच्ची थियो, बाघले कतिबेला आएर बाख्रा मारेछ, बिहान बाख्रालाई खोर बाट बाहिर निकाल्न जाँदा मात्र थाह पाएको पिडित राम प्रसादले बताउनुभयाे ।

६ वटा बाख्रा गाभिना ( बच्चा जन्माउने) रहेका र अन्य तीन वटा माउ बाख्रा हुन् । झण्डै एकलाख जति क्षति भयो उहाँले भन्नुभयो ।

बाख्राको खोर सुधारका लागि लमही नगरपालिकामा फर्म भरेको थिए तर मैले पाउन सकिन, बाख्रा पाल्ने भन्दा नपाल्नेलाई खोर बनाउनका लागि अनुदान दियो”- राम प्रसादले भन्नुभयाे ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *