बर्दियामा दुई फरक मुद्दामा फरार ३ जना पक्राउ

बर्दिया, साउन १६। बर्दिया प्रहरीले दुई छुट्टा-छुट्टै मुद्दामा फरार रहेका ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला अदालत बर्दियाले सार्बजनिक अपराध मुद्दामा जनही ५ हजार जरीवाना तोकेका दुई जना र सवारी ज्यान मुद्दामा २ महिना ४ दिन कैद सजाय तोकेका एक जना रहेका छन् ।

जसमध्ये सार्बजनिक अपराध मुद्दामा राजापुर नगरपालिका वडा नं.१ बस्ने अशोक चौधरी र सोही ठाउँका केशब थारु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिनुभयो । उनीहरुलाई शुक्रबार पक्राउ गरी जिल्ला अदालत गुलरियामा बुझाईएको छ । पक्राउ परेका दुई जनालाई अदालतले वि.स २०७२ सला चैत ९ गते सार्बजनिक मुद्दामा जनही ५ हजार जरीवाना तोकेको थियो ।यस्तै सवारी ज्यान मुद्दामा बारबर्दिया नगरपालिका वडा नं. ८ बस्ने २७ वर्षिय सुमन चौधरी पक्राउ परेको सूचना अधिकारी शाहीले जानकारी दिनुभयो । उनी पनि शुक्रबार नै पक्राउ परेका हुन । चौधरीलाई पनि जिल्ला अदालत गुलरियामा बुझाईएको शाहीले बताउनुयभो । पक्राउ परेका चौधरीलाई जिल्ला अदालतको विस २०७७ साल पुस १५ गते सवारी ज्यान मुद्दामा २ महिना ४ दिन कैद सजाय तोकेको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *