पत्रकार यादव प्रेस चौतारीमा प्रवेश

 

दाङ, साउन १६। गढवा निवासी पत्रकार क्रृषी यादव पत्रकारहरुको संगठन प्रेस चौतारीमा प्रवेश गर्नुभएको छ। नेपाल पत्रकार महासंघ दाङको निर्वाचनमा चौतारीको प्यानलबाट कार्यसमितिमा लड्नुभएका यादव दाङको देउखुरीमा रहेर पत्रकारिता गर्दै आउनुभएको छ।

प्रेस चौतरीले सञ्चार क्षेत्रको समग्र विकासका लागि नेतृत्वदायी भूमिका निर्वाह गरिरहेकाले चौतारीमा प्रवेश गरेको यादवको भनाई छ । प्रदेश चौतारीका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनले उहाँलाई आज एका कार्यक्रमका बीच दोसल्ला ओढाएर चौतारीमा प्रवेश गराउनुभएको हो ।
पत्रकार यादवले देउखुरीमा रहेको रेडियो देउखुरी, रेडियो हाइवे लगायतमा काम गरिसक्नुभएको छ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *