सिद्धार्थमा आर्ट एण्ड क्राफ्ट तालिम समापन

घोराही, १६ साउन । सिद्धार्थ एकेडेमी आवासीय माध्यमिक विद्यालयको आयोजनामा एक हप्ते पुनर्ताजगीकरण तथा आर्ट एण्ड क्राफ्ट तालिमको शनिबार समापन गरिएको छ । सिद्धार्थ एजुकेशन ग्रुपका सञ्चालक समितिका अध्यक्ष नारायण तर्तालको अध्यक्षतामा तालिमको समापन गरिएको थियो ।
कार्यक्रममा प्याब्सन दाङका सचिव खगेश्वर पौडेल, प्रशिक्षक दिप्ती राणा,लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमा बोल्ने वक्ताहरुले शिक्षण सिकाइका सहजता दिने, शिक्षण सीप कलाको विकास भई विद्यार्थीहरुलाई सिकाईमा थप टेवा पुग्ने बताउनुभएको थियो ।कार्यक्रममा विद्यालयका प्राचार्य तारा पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।कार्यक्रमको सञ्चालन परीक्षा समितिका संयोजक तीलबहादुर घर्तीले गर्नुभएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *