‘राष्ट्रिय जनावरका गाई लोप हुँदै, संरक्षण र व्यवस्थापन गर्न आवश्यक’

शिवु खनाल
देउखुरी, १६ साउन । बगार बाबा गोरक्ष गौधाम रिहारले गौ संरक्षणको क्षेत्रमा निकै सक्रिय भएर काम गर्दै आएको छ ।
गौशालामा एकसय वटा गाई राखिएका छन् । लमही कोहलपुर सडक खण्ड अन्तरगत पर्ने लौरे रिहार स्थित मन्दिर परिसरमा गौशाला निर्माण गरी गाई राखेर संरक्षण गरिएको छ भने गाईको हेरचाहका लागि एकजना कर्मचारीको समेत व्यवस्था गरिएको छ ।
एक सय ५० हेक्टर क्षेत्रफलमा २०७२ साल लक्ष्मी पुजाको दिनदेखि रिहारमा गौशालाको सुरुवात गरिएको बगार बाबा गोरक्ष गौधाम संरक्षण सम्र्वद्धन समितिका उपाध्यक्ष नरबहादुर रावतले बताउनुभयो । रिहार बजारबाट पन्ध्रवटा गाई लिएर गौशाला सुरु गरेको हो । लमही नगरपालिका र वडाको आठलाख बजेटमा गोठ निर्माण गरिएको छ । यता लमही नगरपालिका वडा नम्बर ८ निम्बुखुटी टेङ्नै बाबा गौशलामा ३६ वटा गाईगोरुलाई पालनपोषण गरिएको शिवशक्ती बाख्रा विकास सामुदायिक वनका अध्यक्ष जनककुमार बुढाले जानकारी दिनुभयो ।
लमहीका दुईवटा गौशालालाई आर्थिक सहयोग गरिएको छ । कोरोना महामारिको बेलामा परेको समस्यालाई मध्यनजर गरि देउखुरी क्षेत्रमा गढवा र लमहीमा युनिक मोबाइल सेन्टर संचालक एवम् देउखुरी उद्योग बाणिज्य संघ लमहीका सदस्य लुमाकान्त बोहरा, विमला शर्मा बोहराले नगरपालिका क्षेत्रभित्र रहेका दुईवटा गौशालालाई नगद पन्ध्रहजार आर्थिक सहयोग गर्नुभएको हो । शनिवार लमही नगरपालिका वडा नम्बर ९ बगार बाबा गोरक्ष गौधाम रिहार र लमही नगरपालिका वडा नम्बर ८ निम्बुखुटिमा टेङ्नै बाबा गौशला पुगेर नगद आर्थिक सहयोग गर्नुभएको थियो ।
लकडाउनका बेला गौशालामा रहेका गाईहरुलाई पाल्न समस्या नहोस् भन्ने उद्देश्यले नगरका दुईवटा गौशालालाई नगद पन्ध्रहजार आर्थिक सहयोग गरिएको देउखुरी उद्योग बाणिज्य संघ लमहीका सदस्य लुमाकान्त बोहराले बताउनुभयो ।
बोहराले कोरोनाका कारण समस्यामा परेका बिभिन्न क्षेत्रलाई सहयोग गर्दै आईरहेको र अझै सहयोग गर्दै जाने प्रतिबद्धता ब्यक्त गर्नुभयो । लमही बजार क्षेत्रमा छाडा रुपमा छोडिएका पशुचौपायाहरुको पालनपोषण गरिरहेको नगरका दुईवटा गौशालालाई आर्थिक सहयोग गरिएको हो ।
‘राष्ट्रिय जनावरका रूपमा रहेको गाई लोप हुँदै गएको अवस्थामा यसलाई सबै मिलेर संरक्षण गर्नुपर्ने बताउनुहुदँै, नगरमा स्थापित गौशालालाई स्थानीय मिलेर संरक्षण र व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ छ । जिल्लाको मुख्य समस्याका रुपमा रहेको छाडा गाईगोरुकोलाई संकलन गरेर पालनपोषण गरिरहेकाले यस अभियानमा सबैको सहयोगको आवश्यकता रहेको विमला शर्मा बोहराले बताउनुभयो । लमही नगरपालिका वडा नम्बर ९ बगार बाबा गोरक्ष गौधाम रिहार र लमही नगरपालिका वडा नम्बर ८ टेङ्नै बाबा गौशलाले अहिले बजार क्षेत्रमा छोडिएका करिब दुईसय वटा गाईगोरुलाई पालनपोषण गरिरहेको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *