स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजबाट औपचारिकरुपमा उद्घाटन गरेर अक्सिजन उत्पादन सुरु

दाङ – दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजन उत्पादन थालेको छ । आज औपचारिकरुपमा उद्घाटन गरेर अक्सिजन उत्पादन सुरु गरिएको हो । प्रतिष्ठानकि अस्पताल निर्देशक डा. प्रज्ञा बस्नेत र प्रतिष्ठानका प्रमुख सल्लाहकार नारायण भुसालले अक्सिजन प्लान्टको उद्घाटन गर्नु भएको हो भने प्लान्टको रिबन प्रतिष्ठानका हाडजोर्नि विशेषज्ञ डा. सागर पन्थिले काट्नु भएको थियो ।
कोरोना महामारीको समयमा सङ्घीय सरकारले उपलब्ध गराएको दुई करोड ५० लाख रुपैयाँ बजेटबाट अक्सिजन प्लान्ट स्थापना गरेको हो ।

प्रतिष्ठानले दैनिक एक सय सिलिन्डर अक्सिजन उत्पादन गर्न थालेको उपकुलपति प्रा. डा. सङ्गीता भण्डारीले जानकारी दिनुभयो । कोरोना महामारीका बेला अक्सिजन अभाव भएका कारण सरकारले प्रतिष्ठानलाई प्लान्ट निर्माण गर्न भन्दै बजेट पठाएको थियो ।

कोरोनाको सम्भावित तेस्रो लहरसँग जुध्न र अस्पतालमा अन्य बिरामीका लागि पनि अक्सिजन आवश्यक पर्ने भएका कारण प्रतिष्ठानले प्लान्ट निर्माण गरेको जनाएको छ ।

कोरोनाका धेरैजसाे गम्भीर बिरामीलाई अक्सिजन आवश्यक पर्ने हुँदा पनि दीर्घकालका लागि नै प्लान्ट निर्माण गरिएको प्रतिष्ठानकी उपकुलपति प्रा. डा. भण्डारीले जानकारी दिनुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *