प्रतिमान नीमा मेमोरियल फाउन्डेशनद्धारा प्रादेशिक अस्पतालमा स्वास्थ्य सामाग्री सहयोग

तुलसीपुर, १८ साउन । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ८ वटा अक्सिजन कन्सनट्रेट,१० वडा अक्सिजन सिलिण्डरलगायतका सामग्री सहयोग गरिएको छ ।
सोमवार प्रतिमान नीमा मेमोरियल फाउन्डेशनले कोभिड–१९ बाट प्रभावितका लागि आयोजना गरेको राहत तथा सहयोग कार्यक्रममा उक्त सामग्री सहयोग गरेको हो । सो अवसरमा अक्सिजन रेगुलेटर १० थान, पीपीई दुई सय सेट, सर्जिकल मास्क १२ सय सेट, सर्जिकल क्याप दुईसय सेट, फेस सिल्ड दुईसय पिस, शुज कभर दुई सय सेट, ग्लोब्स दुईसय सहयोग गरिएको हो । त्यस्तै स्यानीटाईजर एकसय २० लिटर सहयोग गरिएको छ । भैरहवामा रहेको उक्त संस्थाले प्रदेशका १२ जिल्लाका १३ वटा अस्पतालमा सहयोग गर्ने योजना अनुसार दाङको प्रादेशिक अस्पतालमा सहयोग गरेको बताएको छ ।
प्रतिष्ठानका निर्देशक धर्मबहादुर केसीले उक्त सामग्री दाङका प्रमुख जिल्ला अधिकारी राबहादुर कुरुम्वाङ्लाई हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्ले यसरी आबश्यक सामग्री प्रदान गर्नु दाङका लागि ठूलो राहत भएको बताउनुभयो ।
अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेको अध्यक्षतामा भएको अस्पतालका डाक्टर प्रणय राणाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *