देउखुरीबाट अत्याधुनिक पेस्तोलसहित दुइ जना भारतीय नागरिक पक्राउ

घोराही । दाङ प्रहरी अत्याधुनिक हतियार सहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
देउखुरीको कालाकाँटेबाट भारतको सिद्धाथनगर पञ्चायत वडा नम्बर ३ का करमुल्हाल आमिर र राजा खाँनलाई अत्याधुनिक चाइनिज पेस्तोल,त्यसमा लाग्ने दुईवटा म्याग्जीन र दुई राउन्ड गोली सहित पक्राउ गरिएको दाङका प्रहरी प्रमुख एसपि सुरेसप्रसाद काफ्लेले जानकारी दिए । उनीहरूलाई जिप्रका दाङबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले हिजो बेलुकी करिब ५ बजे पक्राउ गरेको हो । हतियारसहित पक्राउ परेका उनिहरुलाइ प्रहरीले पत्रकार सम्मेलन गरेर सार्बजनिक गरेको छ । उनीहरू हतियार बेच्न नेपाल आएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । उनीहरूलाई पक्राउ हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि तथा प्रबक्ता मुकुन्द रिजालले जानकारी दिएका छन् ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *