तुलसीपुर मेट्रो हस्पिटललाई ४६ लाखको स्वास्थ्य उपकरण सहयोग

तुलसीपुर,  साउन । तुलसीपुर मेट्रो हस्पिटलालाई चु जी फाउण्डेसन ताइवानले ४६ लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
एक्सरे, भेन्टिलेटर लगाएतका स्वास्थ्य सामग्री फाउण्डेसनका नेपाल प्रतिनिधी मुकुन्द विष्टले एक कार्यक्रमका बिच तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गर्नु भएको हो । ठूलो मात्रामा स्वास्थ्य उपकरण सहित स्वास्थ्य सामग्री पाएपछि नगर प्रमुख घनश्याम पाण्डेले सहयोगी दाता चु जि फाउण्डेसन परिवारलाई धन्यवाद दिनुभएको छ । नगर प्रमुख पाण्डेको निरन्तरको छलफल र प्रयासपछि मात्रै सहयोगी दाताले यति ठूलो रकमको स्वास्थ्य सामग्री उपलब्ध गराएको उपमहानगरले जनाएको छ ।
भिमसेन शहरी स्वास्थ्य प्रवद्र्धन अन्तर्गत रहेको तुलसीपुर मेटूो हस्पिटललाई तुलसीपुर उपमहानगरले संचालन गर्दै आएको छ । अक्सिजन सहति ५० बेडको मेटूो अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचार गरिदै आएको छ । ७ सय ५३ स्थानीय तह मध्य आफ्नै लगानीमा हस्पिटल संचालन गर्ने तुलसीपुर उपमहानगरापालिका पहिलो पालिका हो । दुई सय बढीले उपचार सेवा लिएको हस्पिटलमा अहिले १३ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *