दाङमा २४ हजार जनाले जोन्सन खोप लगाए

तुलसीपुर, १९ साउन । दाङमा सोमबार सम्म जोन्सन एण्ड जोन्सन खोप २४ हजार बढिले लगाएका छन् । गएको साउन १५ गते देखि लगाउन सुरु गरिएको जोन्सन एण्ड जोन्सन खोप दाङका दशवटै पालिकाहरुबाट २४ हजार बढिले लगाएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।
तुलसीपुर उपमहानगरपालिकामा मात्रै सात हजार बढिले जोन्सन एण्ड जोन्सन खोप लगाएका छन् । जनस्वास्थ्य निरिक्षक बिमल केसीका अनुसार ५९६ जना गाडी चालक तथा सहचालक, विभिन्न संघसंस्थाका १६५ कर्मचारी, ६५२ जना शिक्षक, २ सय उद्योगी, बैदेशिक रोजगारीमा जाने १७५, स्वास्थ्यकर्मी ३५ जना र ५ हजार ६ सय १९ जना ५० देखि ५४ बर्ष उमेर समुहका नागरिक गरी ७ हजार ४ सय ४२ जनाले खोप लगाएका हुन् ।
त्यसैगरी दाङको लमही नगरपालिकामा ८ सय ८१ महिला र ७ सय ७३ जना पुरुष गरी १६ सय ५४ जनाले जोन्सन एण्ड जोन्सन खोप लगाएका छन् । त्यस्तै घोराही उपमहानगरपालिकामा ७ हजार, शान्तिनगर गाउँपालिकामा १४ सय ४०, बबई गाउँपालिकामा १४ सय, दंगीशरण गाउँपालिकामा १२ सय ३२, जनाले जोन्सन लगाएको संम्वन्धित पालिकामा स्वास्थ्य शाखा प्रमुखहरुले बताएका छन् ।
यसैगरी बगंलाचुली गाउँपालिकामा ५५७ महिला र ५३८ पुरुष गरि १ हजार ९५ जनाले जोन्सन एण्ड जोन्सन लगाएको स्वास्थ्य शाखा प्रमुख भक्त जिसीले बताए । त्यस्तै गढवा गाउँपालिकामा १६५०, राप्ती गाउँपालिकामा १ हजार ८ सयले जोन्सन एण्ड जोन्सन खोप लगाएका छन् ।

बक्स
खोप केन्द्रबाट संक्रमणको जोखिम बढ्यो, व्यवस्थित बनाऊ ः स्वास्थ्य मन्त्रालय
गणतन्त्र समाचारदाता
काठमाडौं, १९ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप अभियानलाई थप प्रभाकारी बनाउन सातै प्रदेशका स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको छ ।
खोप केन्द्र व्यवस्थित बन्न नसक्दा संक्रमण फैलन सक्ने जोखिम बढेको भन्दै मन्त्रालयले आवश्यकता अनुसार खोप केन्द्र विस्तार गरी हरेक खोप केन्द्रमा भौतिक दुरी कायम गरी जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गराउन निर्देशन समेत दिएको छ ।
मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले विज्ञप्ति जारी गर्दै खोप अभियान सञ्चालन तथा व्यवस्थापनबारे माथिल्लो निकायमा जानकारी गराउनका लागि सबै स्वास्थ्य कार्यालयले सम्पर्क व्यक्ति तोक्न निर्देशन समेत दिएका छन् ।
मन्त्रालयले तोकेका लक्षित समूहलाई मात्रै खोप प्रदान गर्ने व्यवस्था कडाइका साथ लागू गर्न समेत भनिएको छ । असार २९ गतेदेखि सञ्चालित भेरोसेलको पहिलो डोज लगाएका लक्षित समूहलाई २१ दिन पूरा भएपछि दोस्रो डोज दिने व्यवस्था मिलाउन आग्रह गरेको छ । कतिपय जिल्लाहरुमा मन्त्रालयले तोकेको लक्षित समूहलाई जोनसन एण्ड जोनसनको खोप लगाउन अभियान सुरु नभएका हुँदा तत्काल खोप अभियान सञ्चालन गर्न विज्ञप्तिमार्फत निर्देशन दिइएको छ ।
कोभिड खोप लगाउने व्यक्तिले मन्त्रालयको अनलाइन रजिष्ट्रेशन प्रणालीमा प्रि–रजिष्ट्रेसन गर्न र यसअघि खोप लगाएका व्यक्तिले पनि पोस्ट रजिष्ट्रेशन गराउने व्यवस्था मिलाउन समेत विभागले भनेको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *