ही इज द ‘ब्लड’ डोनर

शिवु खनाल
देउखुरी, २० साउन
केहीलाई भएपनि मेरो आफ्नै रगत दीइ बचाउँ, केहीलाई रक्तदान गर्न हौषला प्रदान गरुँ भन्ने भावनाले पटकपटक रक्तसञ्चार केन्द्रमा पुगेर रक्तदान गर्ने गरेको दाङको लमही नगरपालिका वडा नम्बर ६ देउखपुर निवासी खमानसिंह खड्काले बताउनुभयो । रक्तदान गर्दा कमजोरी भईन्छ भन्नेहरुका लागि रक्तदान गरेर कमजोरी हुँदैन भनेर बुझाउने प्रयास गर्दै आएको उहाँले बताउनुभयो । बिरामीहरुलाई रगत दिएर बचाउनु एक सामान्य चिकित्सा उपचार हो । कतिपय बिरामीहरुले समयमा नै रगत नपाएर जीवन गुमाउने गरेका हामीले सुन्दै आएका छौं । तर, रक्तदानप्रती उत्प्रेरणा जगाउने अभियान छोटै समयमा स्थापित भैसकेको छ, रक्तदाता खड्काले भन्नुभयो । बुधवार नेपाल शिक्षक महासंघ लमहीले आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तदाता खमानसिंह खड्काले नेपाल रेडक्रस सोसाइटी उपशाखा लमहीमा पुगेर रक्तदान गर्नुभएको हो । अहिलेसम्म खड्काले दशपटक रक्तदान गरिसक्नु भएको छ ।
नेपाल शिक्षक महासंघ लमहीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रममा बाइसजनाले रक्तदान गरेको नेपाल शिक्षक महासंघ लमहीका अध्यक्ष मनिराम केसीले जानकारी दिनुभयो । रगतको अभावमा कोहि कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भनेर रक्तदान गरेको अध्यक्ष केसीले बताउनुभयो । लमही अस्पताल नजिकै रेडक्रस स्थापना गरेर रगत संकलन गर्ने कार्य भैरहेको छ । उक्त रेडक्रसबाट आवश्यक परेका बिरामीहरुलाई रगत दिएर सहयोग भैरहेको छ । (कोभिड १९) का कारणले रक्तदानका कार्यक्रम नहुँदा धेरै अस्पतालहरूमा रगतको अभाव भएको र यस कार्यक्रमले थोरै भएपनि राहत प्रदान गर्ने संघका अध्यक्ष मनिराम केसीले बताउनुभयो । रक्तदान जीवन दान मानवताको सेवानै जीवनको सर्वोत्तम कार्य हो, उहाँले भन्नुभयो ।
मिर्गौलाका बिरामी, एमिनिया, प्रसूतीलाई नियमित रगतको आवश्यक भइरहने गर्दछ । नेपाल रेडक्रस सोसाइटी उपशाखा लमहीका इञ्चार्ज मनिषा कुमारी चन्दले भन्नुभयो,—। लमहीमा संकलित गरिएको रगतले ती बिरामीलाई धान्न मुश्किल परेको छ ।’ रक्तदानलाई जीवनदानको नारा दिएर विभिन्न संघसंस्थाले आफ्ना वार्षिकोत्सव, स्थापना दिवस, विशेष अवसरमा रक्तदान कार्यक्रम गर्ने गरेका छन् । यसरी आयोजना गरिने कार्यक्रमले स्वास्थ्य उपचारका क्रममा आवश्यक रगतको माग पूरा भइरहेको छ । तर, रक्तदान कार्यक्रम आयोजना हुने स्थिति नहुँदा बेला–बेलामा रक्तसञ्चार केन्द्रमा रगतको अभाव हुने गरेको छ । नेपाली समुदायमा रक्तदानलाई पुण्यकर्मको रुपमा लिन थालेका छन् । सामाजिक संजाल (फेसबुक) प्रयोगकर्ताहरुले साथीहरुलाई जन्मदिनको दिन शुभकामना दिदै अर्को बर्षको जन्मदिन रक्तदान गरेर मनाउन अनुरोध गर्ने गरेको छन् । अहिले जन्मदिनको अवसरमा रगत दान गर्नेहरुमा मनग्य भेटिन थालेका छन् ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *