कोरोनाको जोन्सन खोप लगाएपछि नागरिक बिरामी…

यमकला भुसाल
तुलसीपुर, २० साउन । तुलसीपुरकी बन्दना सिंहले मंगलवार कोभिड– १९ बिरुद्धको जोन्सन खोप लगाउनुभयो । खोप लगाएपछि सिंहलाई एकछिन सम्म केही पनि भएन । तर बेलुका देखि आफु बिरामी परेको उहाँले बताउनुभयो । बेलुका देखि धेरै नै थकान पनि महसुस भयो,उहाँले भन्नुभयो,खोप लगाएपछि मेरो श्रीमान पनि बिरामी पर्नुभयो । हामीलेसगंै गएर खोप लगाएका हौँ, श्रीमानलाई ज्वरो समेत आयो,धेरै नै अफ्ठ्यारो भएपछि सिटामोट खायौ,तर अस्पातल भने गएनौँ ।
त्यस्तै तुलसीपुरका बिष्णु वलिले पनि कोभिड–१९ संक्रमण बिरुद्धको जोन्सन खोप लगाएपछि आफु बिरामी परेको बताउनुभयो । खोप लगाएदेखि नै थकान महशुस भयो,उहाँले भन्नुभयो,त्यसपछि बेलुका हन्हनी ज्वरो आयो,राम्रोसँग बोल्न समेत मिलेन । उहाँका अनुसार खोप लगाएका अरुसँग बुझ्दा अरुलाई पनि त्यस्तै लक्षण देखिएको छ ।
अमेरिकी कम्पनीले तयार पारेको जोन्सन खोपले अन्य खोपहरू भन्दा अलि असहज गराए पनि खोपसगं नडराइ ढुक्क भएर खोप लगाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन । जोन्सन खोप लगाएपछि विभिन्न खालका असरहरू देखापर्छन भन्ने गलत प्रचार भैरहेकाले लक्षित वर्गका नागरिकहरूमा नकारात्मक प्रभाव पर्ने गएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीले बताउनुभयो । उहाँले कोही पनि गलत सूचनाको पछि नलागेर खोप लगाउन अनुरोध गर्नुभयो । खोप लगाएका केही व्यक्तीमा ज्वरो आउने,सुई लगाएको ठाउँमा दुख्ने, टाउको दुख्नेजस्ता सामान्य समस्या देखिएको भएपनि ति व्यक्तीहरु अहिले सुरक्षित अवस्थामा रहेको उहाँको भनाई छ ।
तुलसीपुरमा उपमहानगरपालिकामा हालसम्म जोन्सन खोप ८ हजार भन्दा बढीलाई लगाइएको छ । ति मध्ये अहिलेसम्म २०÷२२ जना व्यक्तिहरूलाई सामान्य असर देखिएको फोकल पर्सन केसीले जानकारी दिनुभयो । तोश्रो चरणमा आएको जोन्सन खोप साउन १५ गतेदेखि लगाउन सुरु गरिएको हो । अहिले ५० वर्ष देखि ५४ वर्ष उमेर समुहका व्यक्तीलाई खोप लगाइरहेको छ,उहाँले भन्नुभयो,तर कोभिड सिल्ड, भेरोसेल लगाउन छुटेका शिक्षक,कर्मचारी,चाकहरुलाई पनि यो खोप लगाइएको छ । उहाँका अनुसार कोभिड सिल्ड, भेरोसेल खोप पहिलो र दोस्रो गरी दुईपटक लगाउनुपर्छ भने,जोन्सन खोप एकैपटक लगाएमा पूरा हुने गर्दछ । साथै यो खोप १८ वर्षभन्दा कम उमेरका व्यक्तिले लगाउन हुँदैन ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *