दाङमा फनपार्क ः पर्यटकको पहिलो रोजाइ

 

 

चन्द्रप्रकाश नेपाली

दाङ, २२ साउन । फनपार्क खुलेसंगै पर्यटकको पहिलो रोजाइमा पर्ने सम्भावना दाङवासीले देखेका छन । आन्तरिक पर्यटक स्वतः फनपार्कमा मनोरन्जन लिन आउने छन भने बाह्य पर्यटकले पनि फनपार्कसंगै दाङका बिभिन्न पर्यटकिय स्थलको पनि अवलोकन गर्ने विश्वस्त रहेको नारायणपुर १० का एक स्थानिय बताउछन ।

घोराही उमहानगरपालिका वडा नंम्वर १० अमराईमा फन पार्क सञ्चालनमा आएको छ । फनपार्कमा गेष्ट रुम, पाटी प्यालेस, रेष्टुरेण्ट, इन्डोर गेम, लाइज जिम, व्याडमिनटन कोट, बाल उद्यान, वाटर पार्क, प्रतियोगिता गराउन मिल्ने स्वीमिङ पुलको व्यवस्था गरिएको छ । पिकनिक खान जानेहरुलाई छुट्टै व्यवस्था समेत गरिएको छ ।

निश्चित रकम लिएर पिकनिक खान दिइने छ । अहिले वाटर पार्क, स्वीमिङ पुल बाहेकका सेवा सुरु भइ सकेका छन् भने अन्य सबै सेवाहरु सञ्चालनका लागी तिर्व गतिमा काम भैरहेको प्रालिका महाप्रबन्धक नरेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

कोरोना संक्रमणको महामारी जारी रहेकै अवस्थामा दाङमा होटल र बाल उद्यान्नसहितको फन पार्क सञ्चालनमा आएको हो । फन पार्कमा पुगेर बालबालिकाहरु रम्न र रमाउन सक्ने खालका विभिन्न संरचनाहरु तयार परिएको छ । घोराही उप–महानगरपालिका–१० को अमराइमा विभिन्न सेवा एकै स्थानमा प्रदान गर्ने उद्धेश्यका साथ फन पार्क सञ्चालनमा ल्याएको श्रेष्ठले जानकारी दिनुभयो ।

बजारी क्षेत्रबाट केहीभित्र भएकाले पनि त्यहाँको वातावरण शान्त र प्राकृतिक सुन्दरतामय छ । ३ वर्ष अघिबाट निर्माण सुरु गरिएको दाङ फन भ्याली प्रालि सञ्चालनमा आएको केही समय भैसकेको छ ।

उक्त फन पार्कमा हालसम्म करिव १५ करोडको लगानी लागी सकेको प्रालिका महाप्रबन्धक श्रेष्ठले जानकारी दिनुभएको छ । केही काम गर्न बाँकी रहेकाले अझै लगानी बढ्ने उहाँले बताउनुभयो ।

कोरोनाका कारण सामग्रीको मूल्य वृद्धि भएकाले लागत बढ्ने देखिएको छ । कोरोनाकै सहयमा पनि निर्माण गरेर सञ्चालनमा ल्याउन सकिएको श्रेष्ठले बताउनुभयो ।

जिल्लामा विभिन्न क्षेत्रमा कार्य गर्दै आएका ११ जना व्यक्तिको लगानीमा फनपार्क सञ्चालनमा आएको हो । फनपार्क ३ विगाह ५ कठा जग्गा भाडामा लिएर सञ्चालन गरिएको हो । जिल्लामा नया प्रकारको व्यवसाय गर्ने उद्देश्यले फनपार्क सञ्चालन गरिएको र होटेलहरुमा पनि नयाँपन दिएर सञ्चालन गर्न पर्दछ भन्ने सोचका साथ आफूहरु अगाडि बढेको उहाँले बताउनु भयो ।

एकै स्थानवाट धेरै सुविधा प्रदान गरिने उहाँको भनाइ छ । जुन जिल्लामा नै पहिलो रहेको सञ्चालकहरुको दावी छ । विद्यार्थीहरुलाई अध्ययनका लागि सहज बनाउन चिडियाखाना र संग्रहालय समेत बनाउने लक्ष्य रहको श्रेष्ठ बताउनु भयो । यसले गर्दा आन्तरीक पर्यटकको आकर्षण समेत बढ्ने महाप्रवन्ध श्रेष्ठको भनाई छ ।

फनपार्कमा ५० जनाले रोजगारी पाउने छन् । यसले थोरै भए पनि रोजगारीको सृजना गर्ने सञ्चालकहरु बताउँछन् । दाङमै यति ठुलो लगानीको सुविधायुक्त फन पार्क सञ्चालनमा आउनु जिल्ला बासीको लागी सुखद विषय हो ।

ब्ततबअजmभलतक बचभब

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *