कक्षा १२ को परीक्षा विकल्पसहित रोक्न प्रधानमन्त्रीलाई आग्रह

काठमाडौं, साउन २३। नेपाली काँग्रेसका नेता गगन थापाले कक्षा १२ को परीक्षा विकल्पसहित रोक्न प्रधानमन्त्रीलाई आग्रह गरेको बताउनुभएको छ। फेसबुकमा लेख्दै उहाँले सो कुराको जानकारी दिनुभयो ।

यस्तो छ उहाँको भनाई
“हिजो प्रधानमन्त्रीज्यूसँगको भेटमा अन्य कुरासँगै स्वास्थ्य मन्त्रालयले परीक्षा रोक्न गरेको सिफारिसका सन्दर्भमा स्थगित मात्र होइन बिद्यार्थीलाई अलमलमा नपार्नेगरी विकल्प सहित निर्णय गर्न आग्रह गरेका छौं। प्रमज्यूले विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्ने गरी निर्णय गर्ने विश्वास दिलाउनु भएको छ।”

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *