ट्रान्सर्फरमर जडानभएपछि घरघरमा उज्यालो

 

दाङ, साउन। तुलसीपुर १० राईखलियानमा ट्रान्सर्फरमर जडान गरिएको छ । बिगत १८ बर्षदेखि मधुरो बत्तीको समस्या झेल्दै आएका नागरिकको गाउँमा ट्रान्सर्फरमर जडानभएपछि घरघरमा उज्यालो छाएको छ ।

झण्डै १८ बर्षदेखि विजुली मुनिको टुकीको उज्यालोमा बस्न बाध्य भएका तुलसीपुर १० राइखलियान गाउँका स्थानियमा अहिले खुसिको सिमा छैन । नेपाल बिद्युत प्राधिकरण तुलसीपुर शाखाले गाउँमा ट्रान्सफर्मर राखिदिएपछि उनीहरु खुसी भएका हुन् ।

राइखलियानमा रहेको तुलसी बन्दना नगर टोल विकास संस्था झनै यस समस्याको बढी मारमा परेको थियो । राइखलियानका एक विद्यार्थी अर्पण आचार्यले आफु जन्मेदेखि डिम बत्तीकै भर पर्नु परेको बताउनुभयो ।

बिद्युत कार्यालयले गाउँ नजिकै ट्रान्सफर्मर राखिदिएपछि आफुजस्ता धेरै बिद्यार्थीलाइ पढ्न निकै सहज भएको उहाको भनाई छ । उहाँले अब आफुलाइ बिद्युतिय उपकरण सञ्चालन गर्न कुनै समस्या नहुने भन्दै खुसी ब्यक्त गर्नुभयो ।

यस्तै राइखलियानकै एक बृद्ध सुकलाल थारुले पनि पहिलेको दिनमा बिजुली बत्तीको अनुहार देख्न नपाएको बताउनुभयो । तर २०६० सालमा गाउमा बिजुली बत्ती बिस्तार भएपनि डिमलाइटको भरमा बस्नुपरेको उहाको अनुभब छ ।

तर अहिले गाउनजिकै ट्रान्सफर्मर राखिदिएका कारण अब चाही धेरै सहज हुने भन्दै उहाले खुसी ब्यक्त गर्नुभयो । यसअघि गाउमा लाइन भएपनि आफुले भनेको समयमा टिभि हेर्न नपाएको बताउदै अब भने आफुले भनेको समयमा टिभि हेर्न पाउने भन्दै खुसि ब्यक्त गर्नुभयो ।

२०६० सालमा त्यस गाउमा बिद्युतलाइन बिस्तार भएपनि ट्रान्सफर्मर गाउदेखि धेरै टाढा हुदा त्यहाँका स्थानियले स–साना बिद्युतिय उपकरण सञ्चालन गर्नका लागि समेत मध्यरातको समय कुर्नुपर्ने बाध्यता रहेको थियो ।

नेपाल बिद्युत प्रधिकरण तुलसीपुर शाखाले गाउँ नजिकै ५० केभिए क्षमताको ट्रान्सफर्मर जडान गरेपछि अब भने त्यहाँका बासिन्दाको डिमलाइटको समस्या समाधान भएको तुलसीपुर शाखाले जनाएको छ । राइखलियानको तुलसी बन्दना नगर टोल बिकास सस्था र आसपासका गाउँका करिब ७ सय घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *