भुमिहिन सुकुमबासीहरु पुर्जाको माग गदै सडक आन्दोलनमा

तुलसीपुर, २४ साउन । सरकारले भुमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको निर्णय सच्याउन माग गदै तुलसीपुरका भुमिहिन सुकुमबासीहरुले स्थानिय प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
भुमिहिन किसान संगठन नेपाल तुलसीपुरको अघुवाईमा ईलाका प्रशासन कार्यालय तुलसीपुरमा पुगेर कार्यालयका शाखा अधिकृत जनक भण्डारीलाई ज्ञापन पत्र बुझाईएको छ । संगठनका अध्यक्ष छवि कुमार चौधरीको नेतृत्वमा गएको टोलीमा तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता श्याम डाँगी,नेकपा एमाले दाङका अध्यक्ष हुकुम बस्नेत, तुलसीपुर १ वडा का वडा अध्यक्ष लक्ष्मण भण्डारी, वडा नम्वर ६ का वडा अध्यक्ष नवराज लामीछाने, वडा नम्वर १८ का वडा अध्यक्ष माधव वली लगाएत विद्यार्थी संगठन,युवा संगठन र भुमिहिन सुकुमबासीहरुको सहभागिता रहेको थियो ।
ज्ञापन पत्र बुझदै शाखा अधिकृत भण्डारीले सम्वन्धित निकाय सम्म पत्र पठाई दिने आश्वासन दिनुभयो । ज्ञापन पत्र बुझाउनु अघि तुलसीपुर बजारको विभिन्न भागमा विरोध ¥याली प्रर्दशन गरिएको थियो । भुमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरुद्ध नारावाजी लगाईएको थियो ।भुमि आयोग खारेज गर्न पाईदैन, भुमिहिन सुकुमबासीलाई पुर्जा दे जस्ता विभिन्न नारा लगाईएको थियो । विरोध ¥याली पश्चात आयोजित कोणसभालाई सम्वोधन गदै नेकपा एमाले दाङका अध्यक्ष हुकुम बस्नेतले वर्तमान सरकारले आयोग खारेज गरेर जनतालाई भुमि सम्बन्धी हकबाट बन्चित गराउन खोजेको आरोप लगाउनु भयो ।
उहाले राजनितिक प्रतिशोध कारण भुमिहिन सुकुमबासीलाई पुर्जा पाउनबाट बन्चित गर्न खोजीएको भन्दै सरकारका विरुद्ध शसक्त आन्दोलन गर्ने चेतावनी दिनुभयो । सरकारले जो सुकै भएपनि भुमिहिन दलित ,भुमिहिन सुकुमबासी र अव्यवस्थित जनतालाई पुर्जा दिनु पर्ने उहाले माग गर्नुभयो ।जनताले पुर्जा पाए एमालेलाई भोट दिन्छन भन्ने सोचाईले देउवा सरकारले आयोग खारेज गरेको उहाले बताउनुभयो । सोहि कार्यक्रममा बोल्दै नगरप्रवक्ता श्याम डाँगीले अहिलेको सरकारले जनतालाई फेरी मालिक बन्नबाट रोक्न खोजेको बताउनुभयो । यदि सरकारले समयमै निर्णय नसच्याए थप आन्दोलन गरिने उहाले बताउनुभयो । यसका लागी स्थानिय सरकारले जनतालाई पुर्ण रुपमा साथ दिने उहाको भनाई थियो ।

बक्स
वामदेवको प्रस्ताव– निजी जमिन सरकारीकरण गरौं, जग्गामा व्यक्तिको स्वामित्व अन्त्य गरौं
गणतन्त्र समाचारदाता
काठमाडौं, २४ साउन । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले भूमि सम्बन्धी समस्या समधान गर्न सबै निजी जमिन सरकारी स्वामित्वमा ल्याउनुपर्ने प्रस्ताव गरेका छन् ।
राष्ट्रियसभाको आइतबारको बैठकमा बोल्दै गौतमले निजी स्वामित्वको जमिन हुँदासमम सुकुम्बासी र भूमि सम्बन्धी समस्या समाधान नहुने बताए । ‘जमिनमाथि व्यक्तिगत स्वामित्व भएसम्म यो समस्या समधान हुँदैन्,’ उनले भने, ‘सरकारले सबै जमिन चलनचल्तीको मुल्य दिएर किनोस् । हामीले पहिले नै गल्ती ग¥यौं र त्यो व्यक्तिगत स्वामित्वमा गयो । अब फेरि सबै सरकारको स्वामित्व ल्याउने काम गरौं । अब यो गलत बाटोमा जानुहुँदैन ।’
नेपालमा कुल २६ लाख हेक्टर जमिन भएको र २० लाख सुकुम्बासी भएको भन्दै गौतमले जमिन बाँडेर यो समस्या समाधान नहुने दावी गरे । ‘हामीले संविधान अनुसार गर्न सकेनौं,’ उनले भने, ‘हामीले जमिन नै दिने ग¥यौं भने पनि हामीसँग त्यति जमिन छँदा पनि छैन । २० लाख भूमिहीनलाई दिने जग्गा नै छैन ।’
भूमि आयोगले विघटन गर्दा आन्दोलनको कुरा चलेको र फेरि गठन गर्ने कुरा उठेको भन्दै गौतमले त्यसबाट समस्या नै समाधान नहुने जिकिर गरे । ‘झण्डै २८ वर्षको अवधिमा हामीले समस्या समाधान गर्छौं भनेका आयोगले किन गर्न सकेनन् ?,’ उनको भनाइ छ, ‘यो बाटो नै गलत छ ।’

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *