पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य शर्माद्धारा आमाको स्मृतिमा रक्तदान

घोराही, २४ साउन । नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य अजयदीप शर्माले आमा लोककुमारी रिजालको छैटौं स्मृति दिवसको अवसरमा रक्तदान गर्नुभएको छ । उहाँसँगै पत्रकार जनक नेपालीले पनि रक्तदान गर्नुभएको हो ।
घोराहीस्थित रक्तरञ्चार केन्द्रमा पुगेर उहाँहरुले रक्तदान गर्नुभएको हो । अभिभावकको स्मृतिलाई रचनात्मक बनाउँदै रगत अभाव पूर्ति गर्ने उद्देश्य रक्तदान गरेको शर्माले जानकारी दिनुभयो ।
आमाको स्मृतिमा रिजाल परिवारले नेपाल पत्रकार महासंघ र प्रेस संगठन दाङमा पुरस्कार पनि स्थापना गरेको छ । शर्मासहित उहाँका दाईहरु हरिप्रसाद रिजाल, गणेशप्रसाद रिजाल, अर्जुनकुमार रिजाल तथा दाइकी छोरी राधा रिजालसमेतले पुरस्कार स्थापना गर्नुभएको हो ।
यो बर्षको लोककुमारी रिजालस्मृति पत्रकार पुरस्कार अर्को बर्ष वितरण गरिने प्रेस संगठन दाङले जनाएको छ । कोरोनाका कारण यो बर्ष कार्यक्रम गर्न नसकिएको जनाउँदै जिल्ला संयोजक प्रकाश चौधरीले आगामी बर्ष दुइ बर्षको पुरस्कार वितरण गरिने बताउनुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *