ह्याचरी संघको प्रदेशस्तरिय बैठक लमहीमा

शिवु खनाल
देउखुरी, २५ साउन
नेपाल ह्याचरी उद्योग संघ लुम्बिनी प्रदेशको बैठक सोमवार लमहीमा सम्पन्न भएको छ । बैठकमा नेपाल भारत सीमाक्षेत्रबाट अबैध रुपमा आयात हुने पोल्ट्रीजन्य बस्तुहरुबाट राज्यको राजश्व चुहावट हुने भएकोले त्यस तर्फ सरोकारवाला सजग हुनु पर्नेमा जोड दिईएको छ । कार्यक्रममा बोल्दै नेपाल ह्याचरी उधोग संघ लुम्बिनी प्रदेशका अध्यक्ष बासु बडालले अबैध रुपले ओसारपसार गर्दा रोगको जोखिम बढ्न सक्ने तथा स्वदेसी उद्योग व्यवसायमा प्रत्यक्ष असर पुग्ने भएकोले उक्त कार्यलाई नियन्त्रण गर्नु पर्ने आफुहरुको प्रमुख दायित्व भएको बताउनुभयो ।
त्यसै गरि नेपाल ह्याचरी उद्योग संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष खगेश्वर खनालले अबैध नियन्त्रण गर्नका लागि व्यवसायिक संस्था, सुरक्षा निकाय, पशु क्वारेनटाईन, पत्रकार, पशु चिकित्सक लगायतको संयुक्त पहल अति आवश्यक भएको बताउनुभयो । नेपालमा अबैध पोल्ट्री जन्य बस्तुहरु भित्रिन नदिनका लागि नेपाल भारतका सिमाक्षेत्र नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियाका खुल्ला सिमामा निगरानी बढाउनु पर्ने निर्णय गरेको खनालले बताउनुभयो । कार्यक्रममा नेपाल ह्याचरी उधोग संघका केन्द्रिय उपाध्यक्ष ज्ञानु बिसुराल, प्रदेशका सल्लाहकार माधव शर्मा लगायतले बोल्नु भएको थियो ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *