दाङको ग्वार खोला र पातु खोलाले बगाउँदा तीन जनाको मृत्यु

दाङ, साउन २६ । खोलाले बगाउँदा दाङमा तीन जनाको मृत्यु भएको छ  । जिल्लाको ग्वार खोला र पातु खोलाले बगाउँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

अबिरल वर्षापछि ग्वारखोलामा आएको बाढीले माइत हिडेकी तुलसीपुर उपमहानगरपालिका वडानम्वर–४ सिम्लेनीकी ३५ वर्षिया अमृता घर्ती र उहाँका २ वर्षिय छोरा रुद्र घर्तीलाई बगाउँदा उहाँहरुको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो । सिम्लेनीबाट पतेनी जान ग्वारखोला तर्ने क्रममा पतेनी घाटमा खोलाले बगाएर आमाछोराको मृत्यु भएको रिजालले बताउनुभयो ।

यसैगरी तुलसीपुरस्थित पातुखोलामा एक पुरुष मृत फेला परेका छन् । तुलसीपुर–८ टिकरीका ४५ वर्षिय चुलुवा चौधरी पातुखोलामा मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । आइतबार घरनजिकै पातुखोलामा नुहाउन गएका चौधरीको राति नै शव फेला परेको प्रहरीले बताएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *