दाङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा श्रेष्ठ

दाङ साउन २७ । दाङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा युवानेता विवेक श्रेष्ठ नियुक्त हुनुभएकाे छ । लुम्बिनी खेलकुद परिषद्ले एमाले नेता श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेकाे हाे ।

लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव भिम वलीका अनुसार बैठकले लुम्बिनी प्रदेशका सबै जिल्लामा खेलकुद पदाधिकारी नियुक्त गरेको छ ।

अनेरास्विवयुकाे जिल्ला नेतृत्व हुँदै केन्द्रिय सचिवालय सदस्यमा रहेर काम गरेका श्रेष्ठ लामाे समयदेखि एमाले दाङकाे जिल्ला सचिवालय सदस्य भएर काम गरिरहनुभएकाे छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *