दाङमा घर भत्किादा एक जना घाइते

दाङ, साउन २७। दाङमा घर भत्किादा एक जना घाइते भएका छन् । बुधबार विहान पौने ११ बजे घोराही उपमहानगरपालिका वडा नम्बर १८ फुर्सेखालीमा घर भत्किदा ४६ वर्षिया श्रीमती बुढा मगर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

घर भत्किएर पुरिनुभएकी बुढामगरलाई प्रहरीले सकुशल उद्धार गरेको छ । उहाँको अवस्था मध्यम रहेको अहिले राप्ति स्वास्थ्य विज्ञान प्रतिस्ठान घोरहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अन्य मानवीय क्षति भने भएको छैन ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *