पोखरेलको कार्यकालका मुख्य ४५ उपलब्धीहरू

दाङ साउन २९ । लुम्बिनी प्रदेशको मुख्यमन्त्री पदमा तीन वर्ष पाँच महिना २५ दिनको कार्यकाल बिताएर बुधबार शंकर पोखरेलले राजिनामा दिनुभएको छ । मुख्यमन्त्री पदबाट राजिनामा दिँदै आफ्नो कार्यकालका उपलब्धी सार्वजनिक गर्ने क्रममा पोखरेलले भन्नुभएको छ, ‘लुम्विनी प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारीमा रहेर आजबाट विधिवत रुपमा विदा भएँ । यस अवधिमा प्राप्त सहयोगका लागि सबैलाई धन्यवाद । माननिय कुलप्रसाद केसीको नेतृत्वको नयाँ सरकारलाई कार्य सफलताको शुभकामना । मेरो मुख्यमन्त्रीत्वको कालमा व्यक्तिगत र संस्थागत रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने सन्दर्भमा महत्वपूर्ण कामहरु अघि बढे ।’
पोखरेलको कार्यकालका मुख्य उपलब्धीहरू
१ प्रदेश स्थापना हुँदाको समयको प्रदेशको वस्तुस्थिति झल्कने स्थिति पत्रको प्रकाशन ।
२ कर्मचारी व्यवस्थापन मापदण्डका आधारमा कर्मचारीको पदस्थापन र सरुवा हुने व्यवस्था र आधारभूत संगठन संरचनाको निर्माण ।
३ प्रदेश योजना आयोगको गठन र एक वर्षभित्र नै पंचवर्षीय योजना निर्माण ।
४ कानुन आयोग र मस्यौदा समितिको गठन र कानुनको निर्माणमा तीबता ।
५ आवधिक योजनाका आधारमा वार्षिक नीति तथा कार्यक्रम र मध्यकालिन खर्चसंरचना तयारगरी कार्यान्वयनको थालनी ।
६ प्रदेशको नाम लुम्विनी र स्थायी राजधानी राप्ती उपत्यका ९देउखुरी० दाङ्म० तोक्ने ऐतिहासिक निर्णय ।
७ कृषि उद्योग र पर्यटनलाई अर्थतन्त्रको विकासको आधारका रुपमा पहिचानगरी त्यसको विकासको योजना र कार्यक्रम निर्माण ।
८ सामाजिक र मानविय विकासका लागि शिक्षा, स्वास्थ र सामाजिक क्षेत्रको विकासको थालनी ।
९ दुईवटा प्रादेशिक अस्पताललाई विशेषज्ञ अस्पताल र १२ वटा जिल्लास्तरिय अस्पतालहरुको क्षमता विस्तारगरी ५० सैयाको अस्पतालका रुपमा स्तरोन्नतरी ।
१० लमहीमा ट्रमा सेन्टर र चन्द्रौटामा सरुवारोग अस्पतालको निर्माणको थालनी ।
११ ४ वटा कोरोना विशेष अस्पतालको निर्माण र संचालन, आइसोलेसन सेन्टर, होल्डिङ सेन्टर र क्वारेन्टिनको व्यवस्थापनमा विशेष भूमिका ।
१२ विश्वविद्यालय स्थापना संवन्धि छाता ऐनको निर्माण र बाँकेको खजुरामा विश्वविद्यालय स्थापनाको निर्णय ।
१३ स्मार्ट कृषि गाउ कार्यक्रम,हरित स्वयमसेवक, करारखेती, कृषिकर्मी रोजगार कार्यक्रम लगायत कृषिक्षेत्रको विकास र रुपान्तरणका योजना तथा कार्यक्रम ।
१४ प्रदेशको विविधता एकै थलोमा प्रदर्शन गर्नेगरी प्रदेश एस्पोको सफल आयोजना ।
१५ आंचलिक मनोविज्ञानलाई प्रादेशिक मनोविज्ञानमा रुपान्तरण गरी हामी लुम्विनीवासीको भावना निर्माण ।
१६ सुस्ता, मर्चवार र नरैनापुरजस्ता सिमावर्ती क्षेत्र र सिमानाकाको विकासमा अग्रसरता ।
१७ रणनीतिक सडक संजालको योजनावद्ध विकास र पालिकाको केन्द्र जोड्ने सडकको निर्माण ।
१८ प्रदेशमा एक करोडभन्दा कम लागतका सवारी साधनको मात्र खरिदको व्यवस्था । मुख्यमन्त्रीका लागि नयाँ गाडी नकिनिएको ।
१९ सुशासन ऐनको निर्माणगरी साधारण खर्च कटौती र विकास खर्चमा पारदर्शीता निर्माण ।
२० प्रदेशको अधिकांश बजेट ठेक्का व्यवस्थापनका माध्यमवाट कार्यान्वयन ।
२१ एकवर्षमा ४० हजार घरमा धार जडान गर्न सफल ।
२२ सिचाई, खानेपानी, तटवन्ध र सडक पुलमा सतप्रतिसत भन्दा बढि बजेट खर्च गर्ने क्षमताको विकास ।
२३ तीन वर्षको छोटो अवधिमा पूँजीगत खर्च सतप्रतिसत गर्न सफल ।
२४ केन्द्र र स्थानीय तहसंँगको राम्रो समन्वय र सहकार्य ।
२५ औसतमा प्रत्येक वर्ष २०० किलोमिटर सडक कालोपत्रे गर्न सफल ।
२६ आगामी वर्ष झण्डै ८० वटा पुल निर्माण हुने अवस्थाको निर्माण ।
२७ केन्द्रबाट हस्तान्तरित सशर्तका कार्यक्रममा सतप्रतिसतभन्दा बढि बजेट परिचालन गर्न सफल ।
२८ केन्द्रका ठूला र गौरवका आयोजनाको कार्यान्वयनमा सहजीकरण ।
२९ लुम्विनी प्रदेशको दीर्घकालिन योजनाको आधार तयार ।
३० ठूला औद्योगीक क्षेत्रका लागि जमिनको सुनिश्चितता ।
३१ तीन महानगर पूर्वाधार विकासको अवधारणा तयार ।
३२ प्रदेश राजधानीको गुरुयोजना निर्माणको प्रकृया आरम्भ ।
३३ दुईवटा प्रादेशिक अस्पततालाई विशिष्टिकृत अस्पतालको रुपमा विकास गर्न गुरुयोजना निर्माण ।
३४ प्रदेश लोकसेवा आयोग गठन भइ कार्य आरम्भ भएको ।
३५ सूचना प्रविधि प्रतिष्ठान गठन भइ डिजिटल प्रदेश निर्माणको थालनी ।
३६ प्रदेश प्रशिक्षण प्रतिष्ठानका माध्यमवाट प्रदेश र स्थानीय तहमा जनशक्ति विकासको थालनी ।
३७ पूर्वाधार विकास प्राधिकरण गठन भई ठूला विकासका आयोजना अघि बढाइएको ।
३८ पालिकाहरुमा खेल पुर्वाधारको विकास र वहुद्देश्यीय भवनको निर्माण ।
३९ विज्ञान शिक्षामा छात्राको सहभागितामा उल्लेख्य वृद्धि ।
४० मुस्लिम, दलित र कमैया र कमलहरीका छोरीहरुका लागि उच्चशिक्षामा छात्रवृत्तिको व्यवस्था ।
४१ प्रदेशमा अवस्थित विश्वविद्यालयसंँग अनुसन्धानमुलक कार्यमा साझेदारीको थालनी ।
४२ मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रमका माध्यमबाट गरिवी निवारणमा महत्वपूर्ण योगदान ।
४३ राज्यका तीनवटै सुरक्षा निकायसंग कोभिड १९ महामारी र विपद प्रतिकार्यमा राम्रो सहकार्य र समन्वयको स्थापना ।
४४ जनता आवास कार्यक्रमको कार्यान्वयनमा महत्वपूर्ण उपलव्धि ।
४५ सहरी क्षेत्रमा सडक पेटि निर्माणमा तीव्रता र पर्यटकीय सम्भावना वोकेका क्षेत्रमा पूर्वाधारको विकास ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *