आज देशैभर पनी पर्ने सम्भावना

काठमाडौं, साउन २९। मनसुनी न्युन चापिए रेखा नेपालको तराइ नजिकै आएसँगै मौसम पुन सक्रिय भएको छ । हिजादेखि सक्रिय भएको मनसुनले आज देशैभर पनी पर्ने सम्भावना रहेको छ। जसमध्ये केही स्थानमा भीषण वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो पनि देशभर मौसम बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक९दुई स्थानहरुमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको छa।

राति देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश थोरै स्थानमा र गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक९दुई स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *