बाँकेमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

नेपालगञ्ज, साउन ३२ गते । बाँकेमा सोमबार बिहान सडक दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ । सोमबार बिहान राप्तीसोनारी गाँउपालिका १ गाभरमा मालवाहाक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पश्चिमदेखि पूर्वतर्फ जाँदै गरेको ना ६ ख ६७९९ नम्बरको ट्रकले लु ६ प १८२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि सो दुर्घटना भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका बर्दियाका चेतन बोहरा र प्रदीप चौधरीको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रवीन्द्र खनालले बताउनुभयो । उहाँका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचाकालागि तत्काल मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा पुर्याएको थियो । उनीहरू दुवैको उपचारका क्रममा मृत्यु भएको खनालले बताउनुभयो । प्रहरीले ट्रक र चालक दुबैलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडी बढाएको जनाएको छ

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *