गाडी दुर्घटना हुँदा ११ जना घाइते

पाल्पा, साउन ३२। पाल्पामा गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । सोमबार (आज) बिहान काठमाडौंदेखि पाल्पाको कुन्सरेका लागि हिडेको लु १ ज २९९२ नम्बरको वीङ्गर गाडी तानसेन नगरपालिका ७ सालघारीमा दुर्घटना हुँदा ११ जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका तानसेन नगरपालिका ७ का २९ वर्षीय नरबहादुर कुमालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा सोही स्थानका २८ वर्षीय बिक्रम गैरे, ४३ वर्षीय प्रेम बहादुर बाकवल, ३२ वर्षीय हुम बहादुर सारुको अवस्था मध्ययम रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताउनुभयो ।

यस्तै दुर्घटनामा परी तानसेन ७ कै ३३ वर्षीय बिक्रम नेपाली, २१ वर्षीय अर्जुन पल्ली, ३० वर्षीय सोम बहादुर न्यौपाने, २८ वर्षीय योगेश सारु,३३ वर्षीय पवन कुमार गाहा, ३५ वर्षीय सन्तोष गैरे र चालक तानसेन ६ का ३३ वर्षीय सोम राना घाइते भएको सूचना अधिकारी त्वातीले बताउनुभयो ।

 

घाइतेहरुको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ । वीङ्गर सडकदेखि करिब १५ मिटर तल खसेको थियो । दुर्घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *