क्यान्सर पीडितको उपचारमा रोटरी क्लबद्वारा सहयोग

घोराही, २३ भदौ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ निबासी क्यान्सर पिडित सरिता केसी श्रेष्ठको उपचार खर्चका लागि रोटरी क्लव अफ दाङले साढे ३६ हजार रुपैयाँ सहयोग गरेको छ ।

रोटरी क्लव अफ दाङका अध्यक्ष डा. चेतनारायण पाण्डे, पूर्ब अध्यक्ष संकल्प श्रेष्ठ, बर्तमान सचिब गजेन्द्र बर्माले क्यान्सर पिडित केसीकी छोरी सुस्मिता केसीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन् । रोटरीमा आबद्ध व्यक्तिहरु डा. चेतनारायण पाण्डे, संकल्प श्रेष्ठ, डा. दिनेश उप्रेती, राजिव उल्लाह खान र मिनराज भाटले जनही ५ हजार, बसन्त रेग्मीले ४५ सय, डा. निरन्जन आचार्यले २५ सय, प्रदिप मजगैयाँले २५ सय र गजेन्द्र बर्माले २ हजार रुपैयाँ गरी ३६ हजार ५ सय ५ रुपैयाँ संकलन गरि हस्तान्तरण गरेका हुन् ।

पाठेघरमा क्यान्सर भएपछि चितवनमा उपचार गराइरहेकी केसीको पैसाको अभावमा उपचारमै समस्या आएपछि आर्थिक संकलन भैरहेको छ । अहिलेसम्म करिब ५ लाख सहयोग रकम जुटिसकेको क्यान्सर पिडित सरिता केसी बचाउ अभियानका संयोजक आशिश श्रेष्ठले जानकारी दिए । अझै १० लाख रुपैयाँ जुट्न सके केसीको उपचार गर्न सकिने उनको भनाई छ । दुई छोरीसहित ४ जना रहेको परिवारमा पैसा कमाउने कोही नभएको सरिताका श्रीमान खोपिराम केसीले बताए । सरिताको उपचारका क्रममा अहिलेसम्म ५ लाख भन्दा बढी खर्च भएको समेत उनले जानकारी दिए । सहयोगका लागि पीडित केसीकी छोरी रश्ना केसीको नाममा रहेको ग्लोवल आईएमई बैंकको खाता नम्बर ४१०७०१००१२१५४ मा सहयोग गर्न सकिने छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *