सरकार… मुठीभरका केही मान्छेमात्र चिच्याई रहेका छन

नेकपा एमालेका दोस्रो तहका नेताहरुको लाख कोसिसका बाबजुत अन्ततः २०७८ भाद्र ९ गते नेकपा एमाले पार्टी विधिवत रुपमा दुई फ्याक भयो । संस्थापक पक्षमा अध्यक्ष केपी ओली साविकै स्थानमा सुरक्षित हुनुहुन्छ भने वरिष्ठ नेता माधव नेपाल बाध्यताबस नेकपा (एकीकृत समाजवादी) नयाँ दल दर्ता गर्नु भयो । ‘कुन्डकुन्ड पानी मुन्ड मुन्ड विचार’ जस्तै विचार बहस तर्क वितर्कको बजार गर्माएको छ । सात दशक लामो इतिहास रहेको पार्टी फुट्नु दुर्भाग्य हो । यसबाट पार्टीलाई अपुरणीय क्षति भएको छ भने नयाँ पार्टीलाई पनि फलामकै चिउरा चपाउनु पर्नेछ । एमाले पार्टीको टुटफुटको रापले मुलुककै लोकतन्त्रको संस्थागत विकासमा अनेकौं व्यवधान तेर्छिदै छन् । फल स्वरुप मुलुक प्रगतिको गतिमा समेत अवरोध उत्पन्न हुन सक्दछ । पहिलो पार्टीको आन्तरिक झै झगडाले मुलुक एक दशक पछाडी धकेलिन सक्दछ । ठूला राजनैतिक पार्टीका प्रमुख नेताहरुप्रति वितृष्णा फैलिदै छ भने लोकतान्त्रिक प्रणाली प्रति पनि पुनस्र्थानवादी निरंकुशतन्त्रका मतिहारहरुले प्रश्न चिन्न लगाउँदै छन् । वर्तमानमा कम्युनिष्ट हुन ख्याल ठट्टा जस्तै छ तर विगतमा काँग्रेस र कम्युनिष्ट हुन महिनौं दिनसम्म आत्मसंघर्षको अवस्थाबाट गुज्रदै पार्टीमा समाहितको अवस्था थियो । घरद्वार, जहान परिवारबाट मुक्त हुनुपर्ने अवस्थालाई आत्मसाथ गर्नुपर्ने बाचा कबोल इमान्दारिता भएमात्र पार्टीले जिम्मेवारी दिन्थ्यो । २००७ सालभन्दा पहिला र २०१७ सालपछिको अवस्था पार्टीहरुप्रति बन्चित थिए भने मुलुकमा निरंकुशतन्त्रको राज थियो । गोप्यरुपमा होसियारी पूर्वक राजनीतिमा संलग्न हुनु भनेकै सिरमा कफन बाँधेर पार्टीप्रति समर्पितको अवस्था थियो । दलहरु प्रतिबन्धित भएको हुँदा राज्यबाट जोगिनुपर्ने अवस्थाका अलावा प्रतिबन्धित अवस्थामै पनि काँग्रेस र नेपाल कम्युनिष्ट पार्टीहरुको बलिदान त्याग तपस्या संघर्षको प्रतिफल हुन प्रमुख दल नेपाली काँग्रेस, नेकपा एमाले लगायतका पार्टीहरु तर अहिले खासगरी एमाले पार्टीका दोस्रो तहका नेताहरु रावल, भुसाल, भट्टराई, साक्यलगायतले भेडाको मासु सरहको हैसियतमा पार्टीलाई पुराएका छन् । अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल बीच तिक्तता पैदा गरी ध्रुविकरण गर्न सफल भएका छन् । पार्टीको नीति सिद्धान्त कम्युनिष्ट दर्शनलाई तिलान्जली दिदै नितान्त व्यक्तिगत स्वार्थमा बगिरहेका छन् । अध्यक्ष केपी ओलीको मनपरितन्त्रले मुलुक अस्थिरताको भुमरीमा फस्ने, लोकतन्त्र कमजोड हुने भन्दै लोकतन्त्रको रक्षार्थ केपी ओलीका विरुद्ध न्वारान देखि बल लगाएर ओली सरकारलाई अपदस्तको भूमिका रहेकाहरु अहिले पुनः माधव नेपाललाई मजधारमा लगेर धोका दिएका छन् । फलस्वरुप दुबै पार्टी त कमजोड हुने नै भए त्यसका अलवा राजनैतिक अस्थिरताले लोकतन्त्र कमजोड पर्न सक्दछ । एक महिना पहिले सम्म केपी ओलीबाट लोकतन्त्र खतरामा पर्ने लाग्यो भन्नेहरु अहिले माधव नेपालबाट खतरा देख्दैछन् तर सचेत वर्ग अधिकांश नागरिकहरुले बुझ्दै छन् की लोकतन्त्र खतरामा पर्ने खेलमा दोश्रो तहका नेताहरु बढी जिम्मेवार छन् । कहिले काफल पाक्यो, कहिले विउ कोयो भन्दै ओल्लो डाली पल्लो डाली चर्ने नियति राखेकाहरुले गर्दा विशाल कल्पबृक्ष रुपी पार्टीलाई तहसनहस पार्दै जनमतको उपहास गर्ने नेताहरुको भविष्य पनि राजनैतिक सामाजिक रुपमा धमिरो लाग्न सक्दछ ।
राजाहरुको सासनकालमा अभिव्यक्ति स्वतन्त्रता नभएतापनि अनेकन माध्यमबाट व्यवस्थाको विरोध, भ्रष्टाचार मुलुकको सर्वभौमिकता राष्ट्रिय अखण्डता आदि आदिका विषयमा खबरदारी भइरहन्थ्यो तर राजाका पृष्टपोषकहरुले विषवस्तुको गम्भीरयता सन्दर्भलाई बङ्गाई राजालाई हल्का रुपमा प्रस्तुत गर्दथ्यो । सेना, पुलिस, गुप्तचर, सिंगो व्युरोक्रेसी नै भूमिगत गिरोहको कब्जामा हुन्थ्यो । २०३६ र २०४६ का जन आन्दोलनमा जनता हजारौंहजारको संख्यामा सडकमा उभिदा राजालाई केही सयको संख्यामा मुठ्ठी भरका मान्छेहरुले मात्र चिच्याई रहेका छन् भनि रिपोर्टिङ हुन्थ्यो । वर्तमानमा पनि फरक ढंगका जाहेरी होलान् तर प्रकृति र प्रविति उस्तै उस्तै छन् । दोस्रो तहका नेताहरुको जाहेरी केपी ओली र माधव नेपाल समक्ष तरपनि सिर्सस्त नेताहरुबाट आफ्ना कार्यकर्ताहरुको नियति बुझ्न कमजोडीपन हो ।
नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा नेतृत्वमा सरकार गठन भएको डेढ महिनासम्म पनि मन्त्रीमण्डलले पूर्णता पाउन सकेको छैन । पाँचदलिय गठबन्धनले उत्साह साथ ओली सरकार हराएको थियो । त्यसैगरी मन्त्रीमण्डललाई पूर्णता दिदै पहिले राजनैतिक स्थायित्व लगायत अनेकन समस्याहरु समाधान तर्फ लाग्नुपर्नेमा मन्त्रीहरु चयन गर्न नसक्नु विडम्बना हो । नेपाली काँग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी लगायतका पार्टीहरुलाई मन्त्री छान्न सकस परेको होला । त्यसमा त नेतृत्व वर्ग नै असफल, कमजोड पक्ष हो । आफ्नो कोटामा चयन गरी सरकारमा पठाउन नसक्ने नेतृत्वबाट राजनैतिक स्थायित्व हुनेमा जनमानसमा दुविधा चुलिदै छ । यस्तो अवस्थामा रमाउँदै पुनरउत्थानवादी, निरंकुशतन्त्रका मतियारहरुले २००७ सालपछिका दिनहरुमा प्रजातन्त्रको मियोले लिग छोडेको छैन । प्रजातन्त्रको लिगदेखि बाहिरीन खोज्दा राजतन्त्र समाप्त भयो । पटक पटक केही समूहहरुबाट राजासँग कार्यगत एकता भए तर सबै नराम्ररी पछारिन पुगे । होसियत कथित विश्लेसक सामाजिक अभियान्ता हो । लोकतन्त्रका विरुद्ध विषबमन नगर । हिजो कहाँ थिएन तिम्रो हैसियत के हो ? लोकतन्त्रको विरोध गर्ने अधिकार तिमिहरुलाई छैन किन भने लोकतन्त्रमा तिमीहरुको लगानी नै छैन । तागत छ भने निर्वाचन लडक्षमता देखाउ तब आफ्नो हैसियतको बाध हुनेछ । यदि चेतना भया ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *