हिमालयन रोडिज सिजन ४ को प्रि अडिसन हुने मिती र स्थानहरूको घोषणा , दाङमा १९ गते हुने 

 

चर्चीत टीभी रियालिटी शो “हिमालयन रोडिज”को चौथो सिजनका प्रि अडिसनहरू हुने मिति र स्थानको घोषणा भएको छ । युवाहरूमा लोकप्रिय मोटरसाइकल ब्राण्ड यामाहा युवा सशक्तिकरणका लागि रोडिजसँग दोस्रो सिजनदेखिनै आबद्ध छ ।
पछिल्ला तीन सिजनदेखी निरन्तर रोडिजसँग जोडिएको यामाहाले हिम्मत अभिबृद्भि गर्नका लागि शहरी क्षेत्रबाट मात्र नभई ग्रामीण ऋत्रका प्रतिभाहरू ल्याउने इरादाहरुले प्रि-अडिसन सुरू गरेको छ जो नेपालका पन्ध्र विभिन्न स्थानहरूमा सम्पन्न हुनेछ ।
रेमण्ड दास श्रेष्ठको संचालन रहने चौथो सिजनको थिम “सिजन अफ सर्भाइभल” रहने भएको छ । ग्याङ लिडर फर्म्याटमा अठार भाग रहने शोमा अनुपविक्रम शाही ( टिम रेड ), लाउरे ( टिम ग्रीन ), समन ( टिम ब्लू ) र दिया मास्के ( टिम येल्लो ) ग्याङ लिडरका रूपमा रहने छन् ।
Viacom 18 को नेपाली फ्रेन्चाइज शोका रूपमा हिमालयन टीभीमा प्रसारण भइरहेको हिमालयन रोडिजको तेस्रो सिजन सुजन सुवेदिले जितेका थिए जसको प्रि-अडिसनमा दुई हजारभन्दा बढि युवाहरू सहभागी भएका थिए ।
युवाहरूमा लोकप्रिय रियालिटी शोको चौथो सिजनको प्रि अडिसन निम्न मिति र स्थानमा रहेका यामाहा शोरूमहरूमा हुनेछन् :

१. भाद्र १९- बाग्लुङ
२. भाद्र २०- स्याङ्जा
३. भाद्र २१- दमौली
४. भाद्र १८- नारायणघाट
५. भाद्र १९- हेटौँडा
६. भाद्र २०- बर्दिबास
७. भाद्र १८- विराटनगर, इटहरी
८. भाद्र १९- धरान
९. भाद्र २०- विर्तामोड
१०. भाद्र १८- भैरहवा, बुटवल
११. भाद्र १९- दाङ
१२. भाद्र २०- सुर्खेत
१३. भाद्र २१- धनगढी

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *