एउटै वडामा आठ करोड बराबरको खानेपानी योजना

शिवु खनाल
देउखुरी, १५ कार्तिक । गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटे निवासी पवित्रा जिसि एका विहानै एक किलोमिटर टाढा पैदल हिडेर रंनसिङ खोला स्थित छेवैमा रहेको जरूवामा पुगेर पानी ल्याउनुपर्ने बाध्यता छ । यो बाध्यता जिसिको मात्रै नभए वडा अन्तरगत गाउँका विभिन्न समुदायले पनि खेप्दै आएका थिए । गाउँमा खानेपानीको समस्या छ ।

सोहि वडा अन्तरगत जेठानगाउँ निवासी सन्तराम कुमाल करिब एक घण्टा पैदल हिडेर डोका बोकेर गाग्रोमा कुवाको पानी बोक्नुपर्ने बाध्यता रहेको दुखेसो पोख्नुभयो । तर, वडामा खानेपानीको योजनाको काम सम्पन्न पश्चात् विगतको खानेपानीको समस्या अन्त्य हुने विश्वास बोकेको कुरा सुनाउनुभयो ।

दाङको गढवा गाउँपालिका वडा नम्बर १ अन्तरगत छवटा गाउँमा खानेपानी योजनाको काम सम्पन्न भएको छ । करिब आठ करोड त्याइस लाखको लागतमा वडा नम्बर १ मा मात्रै छवटा खानेपानी योजनाहरू सम्पन्न भएको हो । अब घर–घरमा धारा र मिटर जडान गरि जनताको घरदैलोमा शुद्ध खानेपानी पु¥याउने तयारीमा रहेको गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारी जानकारी दिनुभयो ।

वडाध्यक्ष अधिकारीका अनुसार आर्थिक वर्ष ०७६र०७७ को प्रदेश सरकारको शसर्त अनुदानबाट ३५ लाख बजेट र जिल्ला खानेपानी डिभिजन कार्यालय दाङको ७० लाख बजेट गरि कुल लागत १ करोड ५ लाख लागतमा कालाकाटे खानेपानी तथा सरसफाइ योजनाको काम सम्पन्न भएको हो । धारा र मिटर जडानसंगै कालाकाटेका तिनसय घरधुरी संख्या लाभान्वित हुनेछन् ।

यस्तै जिल्ला खानेपानी डिभिजन कार्यालय दाङको ३ करोड ७८ लाख ८७ हजार ८ सय ९ रूपैयाँको लागतमा मलमला खानेपानी तथा सरसफाइ योजना अन्तरगत ओभेरहेट टंकि र डिप बोर्डिङ, अफिस घर, विद्युत् विस्तार, पाइप विस्तार कार्य सम्पन्न भएको हो । एकसय ७० घरधुरी संख्या लाभान्वित हुनेछन् ।

यस्तै प्रदेश सरकारको शसर्त अनुदानबाट ९० लाखको लागतमा जेठानगाउँ खानेपानी तथा सरसफाइ योजना अन्तरगत पाइप विस्तार, डिप बोर्डिङ, विद्युत् विस्तार, मोटर हाउस सम्पन्न भएको छ र ओभरहेड टंकि अन्तिम चरणमा रहेको छ । यो संगै तिनसय पचाँस घरधुरी संख्या लाभान्वित हुनेछन् ।

यता जिल्ला खानेपानी डिभिजन कार्यालय दाङबाट १ करोड ४० लाख बजेट विनियोजन भइ पत्रिङ्गा खानेपानी तथा सरसफाइ योजना अन्तरगत ओभरहेट टंकि, अफिस घर, कम्पाउण्ड, विद्युत्, पाइस विस्तार मोटर हाउस सम्पन्न भएको हो । यहाँ एकसय चालीस घरधुरी संख्या लाभान्वित हुनेछन् ।

सोहि वडामा जिल्ला खानेपानी डिभिजन कार्यालय दाङबाट ५०र ५० लाखको लागतमा योजना अन्तरगत वनघुस्रीर बनबारी खानेपानी तथा सरसफाइ योजना अन्तर खानेपानी टंकि, पाइप विस्तार, विद्युत् विस्तार, डिप बोर्डिङको काम सम्पन्न तथा कार्यालय भवन र मोटर हाउसको काम बाकि रहेको छ । बनबारीमा एकसय तीस र वनघुस्री गाउँमा एकसय घरधुरी संख्या शुद्ध खानेपानीबाट लाभान्वित हुनेछन् ।

‘लगभग खानेपानीको सबै कार्य सम्पन्न भएको छ । घरमा धारा र मिटर जोड्न मात्रै बाकि रहेका कारण यो आर्थिक वर्षको अन्तिममा जनतालाई घरमै शुद्ध खानेपानी पु¥याउने लक्ष्य रहेको छ, वडाध्यक्ष बाबुराम अधिकारीले भन्नुभयो ।

यहाँका स्थानीयले जरूवा, हाते पम्प र कुवाको पनि पिउदै आइरहेका छन् । खानेपानीको योजना सम्पन्न भएसंगै धारा र मिटर जडान गरि घर घरमा शुद्ध खानेपानी पु¥याउने तयारी रहेको गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बावुराम अधिकारीले जानकारी दिनुभयो ।

वडामा पहिलो काम भनेकै खानेपानीको काम हो । म चुनावमा उठ्ने बेला मेरो नारा भनेकै एक घर एक धारा हो । मेरो घोषणा पत्रमा उल्लेखित नारा अनुसार मैले मेरो वडामा खानेपानीको काम सम्पन्न गरिसकेछु, अब छिट्टै जनताको घरमा शुद्ध खानेपानी पु¥याउनेछु । तिनवर्षको अवधिमा सबैभन्दा ठुलो फट्को मारेको खानेपानीमा हो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *