“पिता”

बालबच्चाले पेट भरुन्जेल खाउन भनी
आफु भोकै बस्छन्
ती खाली पेटसंग गरेको
सम्झौता हुन् पिता

भविष्यका निम्ति
आफ्नो वर्तमानलाई पसिनामा बगाउछन्
ती संघर्षसंग गरेको
प्रतिबिम्ब हुन् पिता

पुत्रपुत्रीले राम्रो लुगा लगाउन भनी
आफु फाटेको,टालेको लगाउछन्
ती टालेका प्वालसंग गरेको
संघर्ष हुन् पिता

सन्ततिका इच्छा पूरा होस् भनी
आफ्ना रहरहरुलाई पासो लगाउछन
ती बलिदानसंग गरेको
संकल्प हुन् पिता

हप्काउछन्,तर्साउछन्
तर,नदेखिने गरि माया दर्शाउछ्न्
ती अदृश्य स्नेहसंग गरेको
नटकका पात्र हुन् पिता

आफ्नो नासो सदैव खुसी रहोस् भनी
आफ्नो दुख लुकाइ पिडामा पनि मुस्कुराउछन्
ती झुटो अभिनयका
मुख्य पात्र हुन् पिता
सन्दीप आचार्य “सद्भाव ”
तुलसिपुर -४- दाङ

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *