विद्यार्थी र अभिभावकलाई प्रशिक्षण दिन राप्ती एजुकेशनल खुल्यो

दाङ, २२ भदौ । विद्यार्थी एवं अभिभावकलाई वैदेशिक सचेतना र प्रशिक्षण दिनका लागि घोराहीमा राप्ती एजुकेशनल कन्सल्टेन्सी प्रालि खुलेको छ ।
जापानमा वर्षौसम्म बसेर जिल्ला आउनु भएका श्यामलाल भण्डारी र भरत अधिकारीले घोराही–१५ विपिचोकमा सञ्चालन गरेको राप्ती एजुकेशनलको औपचारिकरुपमा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले रिवन काटेर उद्घाटन गर्नु भएको हो ।
सो अबसरमा प्रालिका सञ्चालक श्यामलाल भण्डारीले आफू लामोसमयसम्म जापान बसेर आएकाले आफूहरुले विद्यार्थी, अभिभावकलाई वैदेशिक रोजगार सम्बन्ध शिक्षा दिनुका साथै त्यहाँ जाँदा के कस्ता कामहरु गर्नुपर्छ, के गर्नुपर्छ भन्ने बारेमा समेत सहजीकरण गर्ने जानकारी दिनुभयो ।

 

सो अबसरमा दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकी, नेपाल पत्रकार महासंघ दाङ शाखा निवर्तमान अध्यक्ष सविन प्रियासनलगायतकाले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण विपुल भण्डारीले गर्नुभएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *