बङलाचुलिमा किशोरीमाथि सामूहिक बलात्कार,

हिमाल महरा
२६ घोराही
बङलाचुलिमा १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोगमा ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
किशोरी बुधबार साँझ तीजको नाच हेर्न गई घर फर्किनेक्रममा सोही गाउँपालिका एक्लाबर नजिक जंगलमा उनीहरूले बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हाँसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा बंगलाचुली गाउँपालिका-७ बिर्खे बस्ने २७ वर्षीय पवन रोका, २० वर्षीय यम बहादुर मास्की र २७ वर्षीय विनाराम मर्साङी रहेका छन् । घटना सम्बन्धि थप अनुसन्धान भाइरहेको दाङ प्रहरीले जानकारी दियको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *