अन्नबाली छाडेर व्यवसायीक रुपमा कागती खेती

शिबु खनाल
देउखुरी, २७ भदौ । धान, मकै, गहुँलगायतका अन्नबाली उत्पादन हुने जग्गामा राजपुर गाउँपालिका वडा नम्बर ७ कुरुवा निवासी टेकबहादुर रानाले कागतीखेती शुरु गर्नुभएको छ । अन्नबालीको तुलनामा कागतीखेतीले राम्रो फाइदा हुने सम्भावना देखेपछि व्यावसायिक तवरले कागती लगाउनुभएको छ । करिब बाह्र विगाह दुई हजार बोट कागती लगाउनुभएको छ ।
बजारमा कागतीको माग बढ्दो र यसबाट राम्रो कमाई गर्न सकिने भएपछि रानाले व्यावसायिक तवरले कागती लगाउनुभएको हो । चार वर्ष अघिदेखि कागतीखेती शुरु गर्नुभएका रानाले अब भने एकहजार बोट थपगरी तीनहजार बोट पु¥याउने लक्ष्य लिनुभएको छ । रानाले भन्नुभयो,–। ‘राम्रै धान, मकै, गहुँ फल्ने जग्गा छ, अन्नबाली लगाएर निर्वाहमुखी मात्र भइयो, अब कागती लगाएर आम्दानी गर्ने सोच बनाएको छु ।’
कागतीले धानको तुलनामा तेब्बर बढी आम्दानी दिने भएकाले दीर्घकालीन आयस्रोत लिन कागती लगाउन थालेको उहाँले बताउनुभयो । राम्रो स्याहार संरक्षण गरेपछि एक वटा बोटमा दुई हजार कागती उत्पादन लिन सकिन्छ, उहाँले भन्नुभयो । उहाँले धान उत्पादन हुने खेतभरि अहिले कागती लगाएर हरियाली बनाउनुभएको छ । राजपुर गाउँपालिका क्षेत्रका कृषकले कागती खेतीले राम्रो आम्दानी दिन थालेपछि कागती खेतीमा कृषकको आकर्षण बढ्दो रहेको छ । त्यती मात्र नभइ राजपुर गाउँपालिका वडा नम्बर ७ का स्थानीय कृषकले कागती खेतीबाट आत्मनिर्भर बनाउन पालिका मार्फत लगाइएको कागती खेतीले व्यापारीलाई लोभ्याएको छ । पछिल्लो समय यता यहाँ समूहमार्फत लगाइएको कागतीखेती अहिले स्थानीय व्यापारीहरुको रोजाई बनेको छ ।
यहाँको कागती खेतीले चर्चा पाउन थालेपछि घोराही, तुलसिपुर, लमही, नेपालगंज, बुटवल लगायतका विभिन्न स्थानबाट कागती खरिद गर्न आउने व्यापारीहरुको चहलपहल रहेको स्थानीय तालिखोला निवासी भिम वलीले बताउनुभयो । वडा कार्यालयको बीउमा यहाँका कृषकले कागती लगाएका हुन् । कागती लगाउने प्रविधिसम्बन्धी खेतमै प्राविधिक सुविधा पाएपछि कागती फस्टाउँदै गएको छ । कृषकलाई खेतबारीमै पुगेर कागती लगाउने, गोडमेल, मलबीउको प्रयोग सिँचाइ गर्ने तरिकाबारे जानकारी दिने गरेको राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीले बताउनुभयो ।
सामुहिक परियोजनाको लागि कृषकलाई मोटर पम्प
कागती खेती प्रवद्र्धनको लागी कृषकहरुलाई मोटर पम्म वितरण गरिएको छ । मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम राजपुर गाउँपालिका अन्र्तगत राजपुर ७ नम्बर वडाका तालि कुरुवा, गोठुवा र हाटबासमा व्यवसायीक रुपमा कागती खेती गरिरहेका विभिन्न कृषकलाई सामुहिक प्रयोजनका लागि तीनवटा टोल विकास संस्थालाई समरसिपल मोटर पम्म वितरण गरिएको हो । राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसी र प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद खनालले संयुक्त रुपमा उक्त मोटर पम्प कृषकलाई हस्तान्त्रण गरिएको कार्यक्रम संयोजक गिरीराज भट्टले जानकारी दिनुभयो । भट्टका अनुसार कृषकलाई सातवटा मोटर पम्प वितरण गरिएको जानकारी दिनुभयो ।
यता राजपुर ७ गोठुवा निवासी रिमबहादुर खड्को सिचाँईको सुविधा नहुदाँ कागति सुकेर जाने, फुल खेल्दा दाना नलाग्ने, पानी नहुदाँ उत्पादनमा समस्या आउने र फुल अनुसार फल नलाग्ने गरेको बताउनुहुदैँ, अव यी समस्या सदाका लागि अन्त्य हुने विस्वस्त हुनुभयो । उहाँले विगत चारवर्ष देखि निरन्तर तीन का जग्गामा व्यवसायीक कागती खेती गर्दै आउनुभएको छ । वडामा करिब पन्ध्र विगाह क्षेत्रफलमा कागती खेति गरिएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *