चिया रानी‘हिमानी डिसी

पाण्डव शर्मा
घोराही,  भदौ । चिया संसारका सबै स्थानमा पिउने गरिन्छ । चिया नखाने सायद यो दुनियामा कमै मान्छे होलान् । हामी नेपालीहरुको नियमित चिया पिउने चलन नै हुनछ ।
घरमा पाहुना आएपछि हामी शुरुमा पानी पिउन दिन्छौं । त्यसपछि पाहुनालाई नासोधिकनै चिया ल्याइन्छ । तर, चियाका प्रकार धेरै छन् । हामी मध्ये धेरैलाई चियाका प्रकारको बारेमा त्यति जानकारी छैन । जानकारी हुनेहरुलाई कालो चिया, दुध चिया र लेमन चियाको बारेमा मात्र जानकारी छ । तर, दाङ घोराही नेत्रलाल चोक स्थित गणतन्त्र दैनिकको कार्यालयसँग जोडिएको भवनमा किट्ली टि टाउन रहेको छ । किट्लीमा ५० प्रकारका चिया पाइन्छ । यहाँ न्यूनतम २५ रुपैयाँ पर्ने देखि एक सय ५० रुपैयाँ सम्म पर्ने चिया पाइन्छ ।
२०७६ सालमा स्थापना भएको किट्ली टि टाउनमा दैनिक एक सय ५० जना भन्दा बढी मान्छे चिया पिउनका लागि आउँछन् । ‘काम विशेषले काठमाडौं, बुटवल, नेपालगञ्जबाट दाङ आउनेहरु हाम्रोमा चिया नपिइकन फर्कदैनन्,’ सञ्चालक हिमानी डिसीले भन्नुभयो, ‘घोराहीमा पनि हाम्रो पसलभन्दा दूरीका हिसाबले टाढा भएका ग्राहकहरु पनि चिया खानका लागि हाम्रोमा आउने गर्नुहुन्छ ।’
किट्लीमा मट्का चिया, अमला चिया, आरु चिया, स्याउ चिया, दार्जिलिङ चिया, जस्मिन चिया, केशर चिया, हट टि, आइस टी लगायतका ५० भन्दा बढी प्रकारका चिया पाइन्छ । ‘ग्राहकहरु आफूलाई मन पर्ने स्वाद र रुची अनुसारको चिया मगाउनुहुन्छ,’ डिसीले भन्नुभयो, ‘हामी उहाँहरुले माग गरे बमोजिमको सेवा प्रदान गरिरहेका छौं ।’
किट्लीमा आउने कतिपय ग्राहकहरुले उहाँलाई ‘चिया रानी’ भन्ने उप नामले समेत बोलाउने गर्दछन् । किट्लीमा कार्यालयका हाकिम देखि, खेलाडी, व्यवसायी, विद्यार्थी तथा विभिन्न क्षेत्रमा काम गर्नेहरु चिया पिउन आउँछन् । विहान ६ बजे देखि बेलुकी ८ बजेसम्म हिमानीलाई ग्राहको इच्छा अनुसारको चिया बनाउन निकै हम्मेहम्मे परेको हुन्छ । मान्छेहरु चियामा अम्मल नै पर्ने गरेको उहाँको भनाई छ । ‘मान्छेहरु चिया किन पिउने गरिन्छ भनेर धेरै चासो राख्दैनन्, चर निरन्तर निया पिउँछन्,’ डिसीले भन्नुभयो, ‘विशेष गरेर थकाई मेटाउन, फ्रेस हुन, सन्तुष्टि प्राप्त गर्न र सत्कार प्रदान गर्न चिया पिउने गरिन्छ ।’

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *