दाङमा होटल खुले पनि व्यापार भने न्यून

गणतन्त्र समाचारदाता

दाङ, १७ कार्तिक । कोरोना कहरका कारण लामो समयसम्म बन्द भएका होटलहरु पछिल्लो समय पुर्ण रुपमा खुले पनि व्यवसाय भने न्युन रहेको छ । कोरोना कहर कायमै रहेकाले नागरिकले होटलमा बसेर खान अझै पनि नचाहने गरेको होटल ब्यवसायीहरु बताउछन् । दिउसोको समयमा नास्ता खान केही नागरिक आउने गरे पनि साझ बास बस्ने नागरिकको संख्या भने ह्वात्तै घटेको छ ।

दाङ देउखुरी होटल ब्यवसायी समितीका अध्यक्ष रुद्रबहादुर डाँगीले कोरोना कहर भन्दा पहिलेको तुलना वर्तमान समयमा होटल ब्यवसायीहरु सन्तुष्ट रहने अवस्था नभएको बताउनु हुन्छ । लामो समयको बन्दपछि होटल खुल्दा १९ को २० भए पनि पुर्ण रुपमा सुधार भने आउन नसकेको उहाले बताउनु भयो । अहिले धेरै नागरिकहरु होटलमा पसेर नास्ता खान नचाहने र टाढाबाट दाङमा व्यवसायीक कारोवार गर्न आउने नागरिकहरु पनि यहाका होटलमा बस्न संकोच मान्ने गरेको उहाले बताउनु भयो ।

बार, दोहोरी साझहरुमा साझको समयमा केही नागरिकको चहन पहल देखिने गरे पनि पुरानै अवस्थामा भने फर्कन अझै केही समय लाग्ने उहाले बताउनु भयो । कोरोना पछि ठुला होटलहरुमा ५ देखी १० प्रतिशतले ब्यवसाय भए पनि साना होटलहरुमा १० देखी १५ प्रतिशतले व्यवसाय हुने गरेको उहाले बताउनु भयो ।

कोरोनापछि होटलमा आवश्यक पर्ने तरकारीलगाएतका सामाग्रीहरुको मुल्य बृद्धि भएकाले पनि दिनभर व्यवसाय गर्ने पुनः त्यही लगानी गर्नेमात्र भएको छ । होटल व्यवसायबाट आफुहरु सन्तुष्ट हुने र फाईदा कमाउने अवस्था नभएको होटल डोकोका म्यानेजर बसन्त जिएमले बताउनुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *