दाङमा निको हुने कोरोना संक्रमितको संख्या बढ्दै

गणतन्त्र समाचारदाता
घोराही, १७ कार्तिक । दाङमा आइतबार एकै दिन एक सय ५ जना कोरोना मुक्त भएका छन् । विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भई घरकै आइसोलेशनमा बसेका ९९ जना र कोरोना बिषेश अस्पताल देउखुरीमा रहेका मध्य ६ जना गरि एक सय ५ जना संक्रमित आज कोरोना मुक्त भएका हुन् ।

स्वास्थ्य कार्यालय दाङका अनुसार आइतबार अहिले सम्मकै धेरै संक्रमण मुक्त भएपछि सकृय संक्रमितको संख्या ४ सय ४७ मा झरेको छ ।
सकृय संक्रमितहरु मध्ये अहिले ३ सय ९४ जना घरकै छुट्टै कोठामा बसेका छन भने देउखुरीमा १६ जना, बेलझुण्डिमा १८ जना, भेरी अस्पताल नेपालगञ्जमा ८ जना, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ६ जना र बुटबलमा ४ जना रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिनुभएको छ ।

दाङमा अहिले सम्म २ हजार १ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसैबिच कोरोना बिषेश अस्पताल बेलझुण्डिको आइसीयुमा ४ जना संक्रमतिको उपचार भैरहेको समेत चन्दले जानकारी दिनुभएको छ ।

नेपालमा संक्रमित हुने भन्दा निको हुने धेरै

पछिल्लो २४ घण्टामा देशभर २ हजार ८ सय २५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर ३ हजार ६ सय २० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या १ लाख ३४ हजार ८ सय ४२ पुगेको छ।

आइतबार १३ हजार २३ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।आज सक्रिय संक्रमितको संख्या ३७ हजार ७ सय ६५ रहेको मन्त्रालयले जनाएको छ ।

विदेशमा थप ९ सय ६३ नेपालीमा कोरोना, कुल संक्रमित साढे ४३ हजार

विदेशमा यो साता थप ९ सय ६३ नेपालीलाई कोरोना संक्रमण देखिएको छ । यो सँगै विदेशमा रहेका साढे ४३ हजार नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

विभिन्न ४२ देशमा रहेका नेपाली मध्ये ४३ हजार ५ सय ६९ नेपाली कोरोना भाइरसको संक्रमणमा परेका हुन् । तीमध्ये ३९ हजार ५६५ जना अर्थात ९२ प्रतिशत नेपाली कोरोना मुक्त भएको गैरआवासीय नेपाली संघ अन्तरगतको स्वास्थ्य समितिले जनाएको छ । अहिले सम्म १९ देशका २८४ नेपालीको कोरोना संक्रमणबाट निधन भएको छ ।

संघका अनुसार यो साता विदेशमा रहेका थप ९ सय ६३ नेपालीलाई कोरोना संक्रमण देखिएको हो । संक्रमति मध्ये ४५० जना रोमानियामा रहेका नेपाली छन् ।यो साता रोमानिया, पोल्याण्ड, स्पेन, कतार, भारत, क्यानाडा र बेलायतमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित भएका हुन् ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *